जगदम्बाको नयाँ प्रविधिको जस्तापाता बजारमा, अरुभन्दा बढी टिकाउ र स्तरीय, निर्यातको समेत योजना

Advertisement

काठमाडौं । नेपालकै ठूलो जगदम्बा स्टिलले ‘ग्याल्बलुम’ प्रविधिको जस्तापाता उत्पादन सुरु गरेको । यसअघि नेपालका जस्तापाता उत्पादन गर्ने उद्योगले जिङ कोटिङ जस्तापाता मात्रै उत्पादन गर्ने गरेकोमा जगदम्बाले पहिलो पटक नयाँ प्रविधिबाट यसको उत्पादन सुरु गरेको हो ।   

नेपालमा जस्ता बनाउने जगदम्बासहित हुलास, आरती, राजेश मेटल क्राफ्ट, नारायणी गरी पाँच वटा मात्रै उद्योग छन् ।  जगदम्बाले लगाएको नयाँ प्रविधि अहिलेसम्मको उत्कृष्ट प्रविधिको रहेको कम्पनीका प्रवन्ध निर्देशक साहिल अग्रवालले बताए । उनले भने, ‘पहिला जस्ता बनाउँदा जिङ्कको मात्रै कोटिङ हुन्थ्यो, जसको कारण जस्ताको लाइफ कम हुन्थ्यो । जगदम्बाले ल्याएको नयाँ प्रविधिअनुसारको जस्तापाता आल्मोनियम, जिङ र सिलिकन मिश्रण भएको कोटिङ हुन्छ । यसले जस्ता पाताको लाइफ निकै बढाउनुका साथै गुणस्तरमा पनि निकै फरक पर्छ ।’ 

Advertisement

विश्वभर नै जिङ कोटिङका जस्ता पाताको प्रयोग निकै घटेको बेलामा नेपालमा भने त्यही प्रविधि कायम रहँदै आएकोमा जगदम्बाले नयाँबाट उत्पादन सुरु गरेको हो । ग्याल्बलुम प्रविधिको प्रयोगका कारण जगदम्बाका जस्ता पाताको बिक्री निकै बढेर गएको अग्रवालले बताए । 

ठूला अर्थतन्त्र भएका मुलुकले यस्ता जस्ता पाता आयात गर्ने गरेको उदाहरण दिँदै उनले आफूहरुले पनि निर्यातका लागि धेरै ट्रायल अर्डर गरिसकेको बताए । सरकारले बजेटमार्फत निर्यातमूलक उद्योगलाई गरेको प्रोत्साहनले निर्यातका लागि सहजीकरण भएको अग्रवालले बताए । 

कच्चा पदार्थमा भारत अनुदार
जस्ता पाता निर्माणका लागि आवश्यक कच्चा पदार्थ अधिकांश भारतबाट आयात हुँदै आएकोमा उसले करमा वृद्धि गर्दा नेपाली उद्योगीलाई समस्या भएको छ । भारतले यस्ता उद्योगका लागि चाहिने एचआर क्वालमा १५ प्रतिशत निर्यात कर लगाइदिएको छ । 

अग्रवालले भने, ‘कर बढेकाले कच्चा पदार्थ महंगो परेको छ । यसले हाम्रो उत्पादनलाई केही महंगो त बनाउँछ । तर हामीले चाइना, जापान, दक्षिण कोरियासँग पनि कुरा गरिरहेका छौं । त्यहाँबाट ल्याउने एचआर क्वाइल केही महंगो भए पनि इण्डियाको जस्तो कर नहुने भएकाले सस्तो नै हुन्छ । त्यो ल्याउन सकियो भने नयाँ ढोका खुल्छ र नेपालबाट जस्तापाता र जस्तापातासम्वन्धी उत्पादनहरु निर्यात हुने संभावना देखिएको छ ।’ 

नेपालको व्यापार घाटा निकै बढ्दै गएको बेला यसलाई सन्तुलन कायम गर्न पनि आयातलाई निरुत्साहित गर्नुपर्ने र आन्तरिक उत्पादन वृद्धि गरी निर्यातमा जोड दिनु जरुरी रहेको उनले बताए । अग्रवालले सकारात्मक सोचका साथ औद्योगिक विकास र उत्पादन वृद्धिमा नलाग्दासम्म देश विकास नहुने बताउँदै बिजुली निर्यात गर्नेभन्दा बरु सहुलियत दरमा दिएर नेपालमा उद्योगधन्दा खोल्न सरकारले प्रोत्साहित गर्नुपर्ने बताए । 

साहिल अग्रवालले भने, ‘बजेटले, मौद्रिक नीतिले सबै जस्तापाता उद्योगहरु मोटिभेटेड नै छ । सबैले निर्यात गर्ने योजना बनाउँछ भन्ने लाग्छ । मुल कुरा उद्योगको विकास गर्ने उद्योगलाई सुविधा दिने कुरालाई नकारात्मकरुपमा हेर्नुभएन । अरु मुलुकले आफ्ना स्वदेशी उद्योगको विकासका लागि के के गरेको छन् ? कसरी प्रोत्साहित गरेका छन् ? त्यो पनि हेर्नुपर्छ । हाम्रो उद्योग धरासायी बनाउने र आयात गर्ने कुरा त ठिक होइन् नि ।’ 

Advertisement

Advertisement