काठमाडौं डाक्टर अत्यधिक छन्, तर दुर्गममा जान कोही तयार छैनन्ः मन्त्री खापुङ

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका छन् । 

सोमवार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले स्वास्थ्य बीमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका हुन् । 

Advertisement

खापुङले अहिले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नको लागि मन्त्रालय तयार रहेको पनि बताए । उनले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको लागि सरकारी र निजी अस्पतालहरुका कमि कमजोरी देखिएको बताए । 

सापुङले स्वास्थ्य बीमा गर्ने व्यक्तिहरुले समेत बीमा गरेकै छु भनि आवश्यकता भन्दा बढी प्रयोग गर्न खोजेकाले पनि समस्या आएको गुनासो गरे । मन्त्री खापुङले स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य अनुसार सत्यतथ्यमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको बताए । 

उनले सरकार स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाएर सबै जनतामा पुर्याउने र बीमा रकम वृद्धि गर्ने विषयमा राज्यमन्त्रीको नेतृत्वमा सुझाव कार्यदल बनाएर अगाडि बढेको जानकारी दिए । 

खापुङले अस्पतालहरुमा डाक्टरको अभाव रहेको बताए । उनले अस्पतालहरुको डाक्टरहरुको अभाव रहे पनि धेरै डाक्टरहरु बेरोजगारी पनि रहेको बताए । खापुङले धेरै डाक्टरहरु मन्त्रालयमा एमबीबीएस, डेण्टलमा विशिष्टता हासिल गरे तर बेरोजगार रहेको भन्दै मन्त्रालयमा आउने उनीहरुलाई दुर्गम क्षेत्रमा काम गर्न जाँदा कोही तयार नभएको गुनासो गरे । 

मन्त्री खापुङले काठमाडौंमा डाक्टर अत्याधिक भएपनि काम केही नभएको बताए । उनले दरबन्दी र काम नभएको आर्यघाटमा समेत ७ जना डाक्टर रहेको बताए । 

Advertisement

Advertisement