ढुवानी भाडा वृद्धि नगरे दशैंको मुखमा पेट्रोलियम पदार्थको ढुवानी रोक्ने महासंघको चेतावनी

Advertisement

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग राख्दै आन्दोलनको घोषणा गरेको छ । ढुवानी भाडा वृद्धिको लागि पटकपटक आन्दोलन गर्दै आएको महासंघले फेरि भाडा वृद्धिको माग राखेको हो ।

महासंघले तत्काल भाडा वृद्धि नभए यहि भदौ २५ गतेदेखि पेट्रोलियम ढुवानी रोक्ने भन्दै बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । महासंघका अध्यक्ष खगेश्वर बोहराले अबको आन्दोलन निर्णायक हुने बताएका छन् । 

Advertisement

उनले तत्काल ढुवानी भाडा वृद्धिको निर्णय नगरिए आन्तरिक तथा वाहृय दुबै प्रकारको पेट्रोलियम ढुवानी रोकिने चेतावनी दिएका छन् । महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुबै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने निर्णय गरेको छ । 

यसअघि ढुवानी भाडा वृद्धिसम्बन्धमा निगमले पटकपटक सहमति जनाए पनि कार्यान्वयन नगरेपछि यो पाँचौं पटक आन्दोलनको घोषणा गर्नुपरेको महासंघको जनाएको छ । महासंघले रुटअनुसार कम्तीमा ३ देखि १० प्रतिशतसम्म ढुवानी भाडा बढाउन माग गर्दै आएको छ । ढुवानी भाडा बढाउन यसअघि निगमसँग ९ पटक समझदारी भएपनि हालसम्म पूरा नगरेको अध्यक्ष बोहोराको आरोप छ ।  

Advertisement

Advertisement