कांग्रेसलाई लागेको कालो दाग मेटाउन बहुदलपछि बन्द गरिएका उद्योगहरु सञ्चालनको तयारी

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशभरका रुग्ण उद्योगहरु सञ्चालन गर्ने मोडालिटी तयार भएको दावी गरेका छन् । 

मन्त्रालय सम्हालेको ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यसै वर्षदेखि बन्द रहकोमध्ये सात वटा उद्योग सञ्चालन गर्नेगरी अर्थ मन्त्रालयको निजीकरण इकाईमा पेस गरिएको बताए । बहुदल आएपछि तत्कालिन कांग्रेस नेतृत्वको सरकारले राजाले खोलेका उद्योगहरु भन्दै मुलुकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान दिइरहेका उद्योगहरु बन्द गरेपछि उक्त पार्टीलाई गहिरो कालो दाग लागेको थियो । उक्त दाग मेटाउन अहिले सोही पार्टीको सरकारले बन्द गरिएका उद्योगहरु पुनः सञ्चालन  गर्न खाजेको हो ।  

Advertisement

बडूले रुग्ण उद्योगहरुको पुनः सञ्चालन र व्यवस्थापनका सम्बन्धमा गठित कार्यदलले गोरखकाली रवर उद्योग, जनकपुर चुरोट कारखाना, नेपाल ओरियण्ड एण्ड म्याग्नेसाइट प्रा.लि., नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना, विराटनगर जुट मिल र हेटौंडा कपडा उद्योग सञ्चालनको लागि विकल्प सहितको सञ्चालन मोडालिटि तयार गरिसकेको बताए । 

उनले कार्यदलले तयार गरेको मोडालिटि मन्त्रिपरिषद्बाट समेत पास भई उद्योग सञ्चालन गर्नेगरी अर्थ मन्त्रालयको निजीकरण इकाईमा पेस गरिएको बताए । बडूले मन्त्रालय सम्बन्ध १७ वटा सार्वजनिक संशाधन संस्थानहरुमध्ये ७ वटाको चल अचल सम्पत्ति यकिन गरी संरक्षणको लागि अभिलेखन कार्य शुरु गरेको पनि बताए । 

उनले भने, ‘रुग्ण उद्योगहरुको पुनः सञ्चालन र व्यवस्थापनका सम्बन्धमा गठित कार्यदलले विभिन्न ७ वटा रुग्ण उद्योग, गोरखकाली रुग्ण उद्योग, जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल ओरियन्ट एण्ड म्याग्नसाइट प्रा.लि. नेपाल मेटल कम्पनी लिमिटेड, बुटवल धागो कारखाना, विराटनगर जुटमिल, हेटौंडा कपडा उद्योगहरुको सञ्चालनको लागि विभिन्न विकल्पसहित सञ्चालनको ढाँचा तयार गरी मन्त्रीपरिषद्बाट पारित गराइ देशभरका बन्द उद्योग सञ्चालन गर्नेगरी अर्थ मन्त्रालयको निजीकरण एकाईमा पेस गरिसकेका छौँ । मन्त्रालय सम्बन्ध १७ वटा सार्वजनिक संसाधन संस्थानहरुमध्ये ७ वटाको चल, अचल सम्पती यकिन गरी संरक्षणको लागि अभिलेखन कार्य शुरु गरिएको छ ।’

सरकारले उपोभोक्ता र व्यवसायिक प्रयोजनको लागि प्रयोग हुने सिलिण्डर र सोको मूल्य अलगअलग कायम गर्ने तयारी पनि गरेको छ । मन्त्री बडूले एलपी ग्यासमा रहेको अद्यावधिक नोक्सानी न्यूनीकरण गर्न र आम उपभोक्तालाई सहुलियतपूर्ण एलपी ग्यास उपलब्ध गराउन उपभोक्ता र व्यवसायिक प्रयोजनको लागि हुने सिलिण्डर तथा सोको मूल्य अलग–अलग कायम गर्न आवश्यक तयारी अघि बढाएको पनि बताए । 

उनले ग्यासको उपभोग न्यूनीकरण गरी व्यापार घाटा कम गर्न सिंहदरबार परिसरभित्र विद्युतीय चुल्हो प्रयोग गर्नेगरी मन्त्रालयले पहल गरेअनुसार निर्णय कार्यान्वयनमा आएको जानकारीसमेत गराए । 

बडूले भने, ‘एलपी ग्यासमा रहेको अद्यावधिक नोक्शानी न्यूनीकरण गर्न तथा आम उपभोक्तालाई सहुलियतपूर्ण एलपी ग्यास उपलब्ध गराउन उपभोक्ता र व्यवसायिक प्रयोजनको लागि हुने सिलिण्डर तथा सोको मूल्य अलग अलग कायम गर्न आवश्यक तयारी अघि बढाइएको छ । ग्याँसको उपभोग न्यूनिकरण गरी व्यापार घाटा कम गर्न सिंहदरबार परिसरभित्र विद्युतीय चुल्हो प्रयोग गर्नेगरी मन्त्रालयले पहल गरेअनुसार निर्णय कार्यान्वयनमा आएको छ ।’

मन्त्री बडूले रुस–युक्रेन युद्ध र कोभिड–१९ महामारीको चपेटामा परेको उद्योग तथा व्यापार क्षेत्रमा सुधार भएको दाबी गरे । उनले विदेशी लगानी प्रक्रियालाई थप सहज बनाउन एकल बिन्दु सेवा केन्द्रलाई प्रविधिमैत्री बनाउनका साथै उद्योग, वाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट प्रणाली अवलम्वन गर्ने कार्य अन्तिम चरण रहेको, उद्योग, विभाग, वणिज्य विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयबाट दिने सेवालाई स्वचालित प्रणालीमा लैजाने अन्तिम चरणमा रहेको, नेपाल ढाका कपडालाई ब्राण्डिङ र लेबलिङ गरी स्वदेशी एवं विदेशी बजारमा माग बढाउन पाल्पा र तेह्रथुम जिल्लालाई ढाका राजधानी घोषणा गरी आवश्यक कार्यक्रम अगाडी बढाएको पनि जानकारी गराए । 

Advertisement

Advertisement