अछाममा पहिरोले कम्तिमा १२ जनाको मृत्यु, थुप्रै बेपत्ता

Advertisement

अछाम । जिल्लाका विभिन्न स्थानमा शुक्रबार राति पहिरो जाँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ  भने ठूलो जनधनको क्षति भएको छ । पहिरोमा ११ जना बेपत्ता रहेको स्थानीयको भनाई छ । 

अछामको तुर्माखाद गाउँपालिका–५, ढकारी गाउँपालिका–६, कमलबजार नगरपालिका–८ र ६ गएको पहिलोमा उक्त जनधनको क्षति भएको हो । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार पहिरो प्रभावित  क्षेत्रमा उद्दार र राहतका लागि प्रयास भइरहेको छ । 

Advertisement

तीन दिनदेखिको निरन्तर वर्षाका कारण अछाममा विभिन्न पालिकामा पहिरोले जनधनको क्षति हुनुका साथै बिद्युत आपूर्ति र सडक यातायातमा समेत अवरोध पुगेको छ । 

Advertisement

Advertisement