वाणिज्य बैंकहरुमा ५३ अर्ब निक्षेप थपियो: कुन बैंकको अवस्था कस्तो ?

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा भदौ महिनामा कूल निक्षेप ५३ अर्बले बढ्दा कूल कर्जा लगानी १३ अर्ब रुपियाँले बढेको छ । 

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा (भदौ ३१ गतेसम्म) कूल निक्षेप बढेर ४४ खर्ब ८६ अर्ब पुगेको छ ।  

Advertisement

चालु आवको साउन महिनामा कूल निक्षेप ४४ खर्ब ३३ अर्ब थियो । गत आव आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो ।

संघका अनुसार (भदौ ३१ गतेसम्म) कूल कर्जा लगानी बढेर ४१ खर्ब ९० अर्ब पुगेको छ । 

चालु आवको साउन ३१ गतेसम्म कूल कर्जा लगानी ४१ अर्ब ७७ अर्ब थियो । गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब थियो ।

कुन बैंकको अवस्था कस्तो ?  

Advertisement

Advertisement