राष्ट्रिय वाणिज्य बैंकको पीओएस र क्यूआर कारोबारमा ‘क्यास ब्याक’ पाइने

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेल (पीओएस) माध्यमवाट प्रति कारोबार रु. १,०००।– वा सो भन्दा बढीको कार्ड स्वीप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । 

यो योजना असोज १० गतेदेखि कात्तिक १३ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रावा बैंककै पीओएस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ । 

Advertisement

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वीपमा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा रु.५००।–, ६ देखी १० पटकको कार्ड स्वीपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा रु. ७५०।–, ११ देखी १५ पटकको कार्ड स्वीपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा रु. १,०००।– मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।

यसैगरी असोज ७ देखि १४ गतेसम्म र कात्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत  वा रु. १००।– जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ । 

Advertisement

Advertisement