एनसीसी बैंक र कुमारी बैंकबीच मर्जर सम्झौता: स्वाप रेसियो १ः१, सीईओमा अर्याल

Advertisement

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंकबीच एकआपसमा मर्जर सम्झौता भएको छ ।  आज होटल मेरियटमा मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

एनसीसी बैंक मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंक मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

Advertisement

दुई बैंकबीच १ः१ शेयर स्वाप रेसियोमा सहमति जुटेको छ । मर्जर पछि बन्ने बैंकको नाम कुमारी बैंक, सीईओमा रमेशराज अर्याल  र वरिष्ठ नायब सीईओमा कुमारी बैंकका रामचन्द्र खनाल हुने सहमति बनेको छ । 

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ भने कूल शाखा संख्या ३५५ हुनेछ । 

Advertisement

Advertisement