शेयर बजार दोस्रो दिन पनि उचालियो, कारोबार रकम भने घट्यो

Advertisement

काठमाडौँ । शेयर बजार लगातार आज दोस्रो दिन पनि बढेको छ । नेप्से उचालिए पनि कारोबार रकम भने घट्दै गएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड –नेप्से) का अनुसार आज बजार ६.४१ अंकले बढेको हो । ०.३५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८३७.४६ अंकमा उक्लिएको छ । 

Advertisement

आज २२१ कम्पनीका १३ लाख ७० हजार ४ सय ७७ कित्ता शेयर किनबेच हुँदा ४८ करोड ५४ लाख ८ हजार ७ सय ६८ रुपियाँको कारोबार भएको हो । 

समग्रमा बजार बढे पनि ट्रेडिङ, वित्त, अन्य र म्युचुअल फण्ड क्रमशः ४.३६, ३.८९, २.९४ र ०.०६ अंकले घटेका छन् भने बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी उत्पादनमूलक समूह ३४.२९ अंकले बढेको हो । 

आज सबैभन्दा बढी मन्दाकिनी हाइड्रोको शेयर मूल्य ९.२० प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड ७५ लाख ९७ हजार ८ सय ४५ रुपियाँ बराबरको कारोबार भएको हो ।

साताको पहिलो दिन आइतबार बजार २३.८३ अंकले घट्दा १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपियाँ बराबरको कारोबार भएको थियो । घटस्थापनाको बिदाका कारण सोमबार शेयर बजार बन्द रहेको थियो भने हिजो मंगलबार बजार १५.९२ अंकले बढ्दा ६६ करोड ३० लाख १३ हजार रुपियाँ बराबरको कारोबार भएको थियो ।     
 

Advertisement

Advertisement