मञ्जुश्री फाइनान्सको २७औँ शाखा कुमारीपाटीमा

Advertisement

काठमाडौँ । मञ्जुश्री फाइनान्सले ललितपुर महानगरपालिका वडा नं. ०५,  कुमारीपाटीमा २७औं शाखा बिस्तार गरेको छ । 

फाइनान्सका संस्थापक अध्यक्ष दामोदरप्रसाद गौतम र अध्यक्ष  इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । 

Advertisement

फाइनान्सले २०७९ साल भदौ मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवम् रु ५० करोड डिवेन्चर जारी गरेको छ । 

राष्ट्रिय स्तरको यस फाइनान्सले रु ११.५२ अर्ब निक्षेप संकलन गरी रु १०.८८ अर्ब कर्जा परिचालन गरेको छ  । 
 

Advertisement