सानिमा बैंकले ल्यायो दशैं र तिहारमा विशेष छुटको योजना

Advertisement

काठमाडौँ । सानिमा बैंकले नेपालीहरुको महान चाड वडा दशैंं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआर कोड मार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम रु. १०० सम्मको छुट प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । 

यो योजना असोज १६ देखि २२ गते र कात्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ । 

Advertisement

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । ​

बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् । 

Advertisement

Advertisement