ढिलो गरी भारतले चुनावका लागि दियो दुई सय गाडी

Advertisement

काठमाडौं  । आसन्न संसदीय निर्वाचनका लागि भारतले ढिलो गरी दुई सय गाडी दिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती गाडीहरु मंगलबार हस्तान्तरण गरेका हुन् । 

यसअघिका निर्वाचनहरुमा भारतले योभन्दा धेरै संख्यामा समयमै गाडी तथा अन्य निर्वाचन सामग्री सहयोग गर्ने गरेकोमा यस पटक भने ढिलो गरी दुई सय मात्रै गाडी दिएको हो । 

Advertisement

यी सवारी साधनले नेपालका विभिन्न संस्थालाई निर्वाचनका लागि आवश्यक प्रबन्ध मिलाइ थप व्यवस्थित गर्न सघाउ पुर्याउने भारतीय दूतावासले जनाएको छ । 

यी गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी निर्वाचन आयोगले प्रयोग गर्नेछन् । अर्थमन्त्री शर्माले यी सवारी साधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए । 

Advertisement

Advertisement