ओखर र फलफूल खेती सुधार्न एडीबीले नौ अर्ब लगानी गर्ने

Advertisement

काठमाडौं । सरकार र एशियाली विकास बैंक (एडीबी)बीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ । सोमवार अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नौड काउक्विइसले यससम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । 

सम्झौताअनुसार बैंकले साधारण पुँजी संशोधनबाट करिव ७ अर्ब ७९ करोड सहुलियत ऋण र एशियाली कोषबाट करिव १ अर्ब ३० करोड रुपियाँ अनुदान दिने छ । परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट १ अर्ब १७ करोड खर्च र सरकारले करिव १ अर्ब ८८ करोड रुपियाँ लगानी गर्नेछ । 

Advertisement

जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा नेपालको पहाडी क्षेत्रको १० हजार हेक्टरमा लगाइने सहमति भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थसचिव पुस्करले नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारको लागि आवश्यक सहुलियत ऋणका विषयमा प्रक्रिया पुर्याएर छिटै काम शुरु गर्ने बताए । 

Advertisement

Advertisement