कर छलि गर्ने दुई व्यवसायी बिरुद्ध ४२ करोड २७ लाखको मुद्दा दर्ता

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले कर छलि गर्ने दुई व्यवसायी बिरुद्ध ४२ करोड २७ लाख ६२ हजार ४६ रुपियाँ माग दाबीसहित मुद्दा दर्ता गरेको छ । 

विभागले काठमाडौं कुलेश्वरमा रहेको अंकुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोप्राइटर प्रविणकुमार महतो र युनिक ट्रेडर्स एण्ड इन्टरप्राइजेजका प्रोप्राइटर आत्मराम पासवान विरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । 

Advertisement

यी दुबै फर्मका प्रोप्राइटरहरुले राजश्व चुहावन गर्ने मनसाले नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी राजश्व चुहावट गरेको पुष्टी भएपछि मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । 

अभियुक्तहरुले मूल्य अभिबृद्धि करतर्फ ५ करोड ४१ लाख ५९ हजार २९ रुपियाँ र आय करतर्फ १७ करोड २२ लाख २१ हजार ९ सय ९४ रुपियाँ गरी २२ करोड ६३ लाख ८१ हजार २३ रुपियाँ कर छलि गरेकोक र सोही बराबरको सजायको माग दाबीसहित मुद्दा दर्ता गरेको विभागले आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।    
 

Advertisement

Advertisement