आईएफआईसी बैंक बंगलादेशले नबिल बैंकमा रहेको संस्थापक शेयर बिक्री गर्ने

Advertisement

काठमाडौं । नबिल बैंकको संस्थापक शेयरधनी आईएफआईसी बैंक बंगलादेशले आफ्नो नाममा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता शेयर बिक्री गर्ने भएको छ । 

शेयर बिक्री गर्ने इच्छा राखी संस्थापक शेयरधनीबाट निवेदन प्राप्त भएपछि बैंक सञ्चालक समितिको बैठकबाट खरिद बिक्री प्रक्रिया अघि बढाउने निर्णय भएको आज प्रकाशित सूचनामा उल्लेख छ । 

Advertisement

उक्त शेयर खरिद गर्नका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम इच्छुक तथा योग्य शेयरधनीहरुलाई ३५ दिनभित्र निवेदन दिन अनुरोध गरिएको छ ।  


 

Advertisement

Advertisement