फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले घोषणा गर्यो २० प्रतिशत लाभांश

Advertisement

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

संचालक समितिको हिजो बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार ४  सय रुपियाँ छ ।   

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।  

Advertisement

Advertisement