जीवन जीवन व्यवसायमा भारी गिरावट, बीमा शुल्क संकलन ३० प्रतिशतले घट्यो

Advertisement

काठमाडौं । जीवन बीमा व्यवसायमा भारी गिरावट आएको छ । गएको कात्तिक महिनामा संकलित प्रथम बीमाशुल्क गत बर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतभन्दा बढीले गिरावट भएको छ । 

जीवन बीमा कम्पनीहरुले गत कात्तिक महिना दुई अर्ब दुई करोड रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो बर्ष सोही अवधिमा उनीहरुले यस्तो बीमाशुलक दुई अर्ब ९१ करोड रुपियाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए । जसअनुसार यो बर्ष कात्तिकमा ८९  करोड रुपियाँले बीमाशुल्क संकलन घटेको छ ।

Advertisement

समीक्षा अवधिमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । उसले ४१ करोड ४५ लाख रुपियाँ संकलन गरेको छ । त्यस्तै, दोस्रोमा नेशनल लाइफले २४ करोड नौ लाख रुपियाँ र तेस्रोमा सन नेपाल लाइफले १६ करोड ७८ लाख रुपियाँ संकलन गरेको हो ।

बीमाशुल्क संकलनको विवरणः

Advertisement

Advertisement