नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच सम्झौता, १५ हजार बढी स्थानबाट भुक्तानी लिन सकिने

Advertisement

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिबीच व्यवसायिक सम्झौता भएको छ । 

सम्झौतापत्रमा नेपाल रेमिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लि को तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट नेपाल रेमिटको मुख्य प्रतिनिधि भएको छ ।

Advertisement

नेपाल रेमिटले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ । 

बिगत १५ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको साथै देश भर १०,००० भन्दा बढि स्थानबाट सेवा प्रदान गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल र बिगत एक दशकदेखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको प्रभु म्यानेजमेन्ट प्रालिबीचको सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ । 

प्रभु म्यानेजमेन्ट प्रालिसँगको सम्झौता संगै नेपाल रेमिटका ग्राहकहुले अब देशभर रहेका १५००० स्थानहरुबाट बिदेशबाट पठाएको रकमको भुक्तानि लिन सक्नेछन् ।
 

Advertisement

Advertisement