ढुवानी व्यवसायीलाई ८० करोड फाइदा हुनेगरी ट्यांकरको भाडा वृद्धि,  आर्थिक चलखेलको आशंका

Advertisement

काठमाडौं । पेट्रोलियम पदार्थका उपभोक्ताले इन्धनमा चर्को मूल्यवृद्धि सहन गर्न बाध्य भइरहेको बेला नेपाल आयल निगमले ढुवानी व्यवसायीहरुलाई फाइदा हुनेगरी ट्यांकरको भाडा वृद्धि गरिदिएको छ । 

झण्डै २५ अर्ब नोक्सानी रहेको निगमले राज्यलाई वार्षिक ८० करोड व्ययभार थपिने गरि पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गर्ने निर्णयमा ठूलो आर्थिक चलखेलको समेत आशंका गरिएको छ । उनीहरुको भाडा वृद्धि गर्न निगमका कार्यकारी निर्देशक उमेश थानी आफै सक्रिय भएबाट पनि धेरै आशंका  जन्माउँदै आएका थिए । उनले नै केही समयअघि ट्यांकरहरुको भाडामा चर्को वृद्धि गरिदिन प्रस्ताव सञ्चालक समितिमा लगेका थिए । 

Advertisement

शुक्रबारदेखि लागू हुने गरि निगमले करिव एक हजार नौ सय ट्यांकरको भाडा एकै पटक १० प्रतिशतसम्म वृद्धि गर्ने निर्णय भएको हो । यसबाट निगमलाई ठूलो व्ययभार थपिएको छ । यस्तो विषम परिस्थितिमा यति ठूलो भाडा वृद्धि गरी ढुवानी व्यवसायीलाई फाइदा पुर्याउने र राज्यलाई नोक्सान पुर्याउने क्रममा ठूला ओर्थिक चलखेल भएको स्रोतको भनाई छ । 

देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा ट्यांकरहरुले इन्धन ढुवानी गर्छन् । निगमले करिव एक महिनाअघि नै सञ्चालक समितिले गरेको निर्णय अहिले कार्यान्वयन गरेको बताएको छ । 

Advertisement