सूर्यज्योति लाइफको सीईओमा प्रकाशविक्रम खत्री नियुक्त

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी प्रकाशविक्रम खत्रीले पाएका छन् । उनलाई यही पुस ७ गते बसेको कम्पनी संचालक समितिको बैठकले सीईओ नियुक्त गरेको हो । 

मर्जरअघि खत्री ज्योती लाइफ इन्स्योरेन्सको सीईओ थिए । नेपाल बीमा प्राधिकरणले उनको नियुक्तिसम्वन्धी सञ्चालक समितिको निर्णयलाई पुस ८ गत नै स्वीकृति दिए पनि ढिलो गरी सार्वजनिक गरिएको हो । 

Advertisement

आगामी चार वर्षका लागि सीईओमा नियुक्त भएका खत्रीले कम्पनीलाई नयाँ उचाईमा पुर्याउने आशा लिइएको छ । 

Advertisement

Advertisement