गरिमा विकास बैंकले गर्यो विदेशी मुद्रा विनिमय सम्बन्धी अन्तरक्रिया कार्यक्रम

Advertisement

काठमाडौं । गरिमा विकास बैंक र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका संचालक तथा कर्मचारीहरु गरि ११० जना भन्दा बढिको उपस्थितीमा ठमेलमा रहेको होटल मर्स्याङ्दीमा सम्पन्न उक्त कार्यक्रममा सम्पन्न भएको हो ।

Advertisement

नेपालमा विदेशी मुद्रा विनिमय, एंटि मनी लण्डरिङ (गो एएमएल), सम्पत्ती शुद्धिकरण लगायतका समसामयिक विषयहरुमा बृहत छलफल तथा प्रशिक्षण सम्पन्न भएको हो । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले देशको समग्र बैंकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितीको बारे धारणा राखे । 

हाल बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रे लगायत विभिन्न शाखाहरुबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आईरहेको जनाएको छ ।
 

Advertisement

Advertisement