ग्लोबल आइएमई-बीओके र इन्भेष्टमेण्ट-मेगा बैंकले राष्ट्र बैंकबाट पाए मर्जरको अन्तिम स्वीकृति

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई–बैंक अफ काठमाण्डू (बीओके) र नेपाल इन्भेष्टमेण्ट–मेगा बैंक मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । 

पुस १४ गतेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले ग्लोबल आईएमई र बीओकेको मर्जरलाई अन्तिम स्वीकृति दिएको हो ।

Advertisement

राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै ग्लोबल आईएमई र बीओके एक भई ‘ग्लोबल आईएमई बैंक’ को नामबाट एकीकृत कारोबार शुरु गर्न बाटो खुलेको छ ।  यी दुई बैंकक मंसिर २३ गते एकै दिन सम्पन्न वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको छ । 

कुमारी-एनसीसीको एकीकृत कारोबार: २६ अर्ब २३ करोड चुक्ता पूँजी, अध्यक्षमा राणा, सीईओमा अर्याल

यी दुई बैंक १ः१ को शेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जरपछि कूल चुक्ता पूँजी ३४ अर्ब ४१ करोड पुग्नेछ । 

ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बीओकेको तर्फबाट २ जना रहने छन् । । बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने छन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठूलो बैंक हुनेछ । 

ग्लोबल आइएमई र बीओकेको साधारण सभाबाट मर्जर र लाभांश पारित, पुस महिनाभित्रै एकीकृत कारोबार

ग्लोबल आइएमई बैंक र बीओकेबीच मर्जर सम्झौता, चुक्ता पूँजी ३४ अर्ब ४१ करोड

ग्लोबल आइएमई र बीओकेबीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर, सबैभन्दा ठूलो बैंक बन्दै

यता राष्ट्र बैंकको सोही दिनको बैठकले नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको मर्जरलाई पनि अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै  ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्न बाटो खुलेको हो । 

यी दुई बैंक १००ः९० कित्ता अर्थात मेगा बैंकको १०० कित्ता बराबर नेपाल इन्भेष्टमेण्टको ९० कित्ता शेयर पाउने गरी मर्जर हुने भएका हुन् ।

बैंकको सीईओमा इन्भेष्टमेण्टका ज्योतिप्रकाश पाण्डे र अध्यक्षमा पृथ्वीबहादुर पाँडे नै हुने सहमति यसअघि भइसकेको छ । मर्जपछि बैंकको कूल चुक्ता पूँजी ३२ अर्ब ८१ करोड हुनेछ । 

इन्भेष्टमेन्ट र मेगाबीच मर्जर सम्झौता, नविल, ग्लोबल आईएमई र एनआईसी एशियालाई टक्कर

मेगा बैंकको साधारण सभाबाट लाभांश पारित, नेपाल इन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति

ग्लोबल आइएमई–बीओकेको पुस २५ र इन्भेष्टमेण्ट–मेगाले पुस २७ गते एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । 

Advertisement

Advertisement