ग्लोबल आइएमई र बीओकेको साधारण सभाबाट मर्जर र लाभांश पारित, पुस महिनाभित्रै एकीकृत कारोबार

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकको  १६औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । उक्त सभाबाट बैंक अफ काठमाण्डू (बीओके)सँगको मर्जर सम्बन्धी प्रस्ताव पारित भएको छ । 

सभाले मर्जर प्रयोजनका लागि डीडीएका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको हो । 

Advertisement

साधारण सभाबाट पारित भएसँगै अब राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएर पुस महिनाभित्रै एकीकृत कारोबार शुरु गर्ने साधारण सभामा जानकारी गराइएको थियो । 

यसैबीच सभाबाट १३.६ प्रतिशत लाभांश पारित भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आव २०७८/७९ को नाफाबाट  हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र १०.६ प्रतिशत नगद लाभांश पारित गरिएको हो ।  

हाल कायम रहेको २३ अर्ब ७९ करोड चुक्ता पूँजी बोनस शेयर पारित भएसँगै २४ अर्ब ५० करोड रुपियाँ पुगेको छ । गत आवमा बैंकले चार अर्ब ९६ करोड रुपियाँ नाफा कमाएको थियो । 

यसैबीच बीओकेको २८औं वार्षिक साधारण सभा पनि आजै सम्पन्न भएको छ । उक्त साधारण सभाले पनि ग्लोबलसँगको मर्जर प्रस्ताव र लाभांश पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर र १४.९५ प्रतिशत नगद लाभांश पारित गरेको हो । 

ग्लोबल आइएमई र बीओकेले एकैदिन बोलाए साधारण सभा, मर्जर र लाभांश पारित गरिने

ग्लोबल आइएमई र बीओकेबीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर, सबैभन्दा ठूलो बैंक बन्दै

 

Advertisement

Advertisement