नाट्टाद्वारा आयोजित ‘कार्यस्थलमा आधारित तालिम कार्यक्रम’ सम्पन्न

Advertisement

काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)द्वारा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ संचालन गरिएको ‘कार्यस्थलमा आधारित तालिम कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ । 

कोभिड–१९ को विश्वव्यापी प्रकोपबाट प्रभावित पर्यटन व्यवाय पुन सूचारु हुने तरखर गरिरहेको सन्दर्भमा नेपालको पर्यटन व्यवाय पुन संचालन गर्न दक्ष जनशक्ति उत्पादन गर्न अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा नाट्टाले सो कार्यक्रमको आयोजना गरेको नाट्टाले जनाएको छ । 

Advertisement

उक्त तालिम कार्यक्रमहरुमा ‘एअरलाइन्स टिकेटिङ’ र ‘टूर प्रडक्ट डेभलपमेन्ट’ तालिमहरु सम्पन्न भएको नाट्टाले जानकारी दिए । उक्त तालिमबाट ३० जना प्रशिक्षार्थीहरु लाभान्वित हुनुका साथै पर्यटन क्षेत्रमा भएको दक्ष जनशक्ति अभावलाई पुरा गरि पर्यटन व्यवाय पुन सुचारु हुन मद्दत पुग्ने विश्वास लिइएको नाट्टाले जनाएको छ ।

तालिम कार्यक्रममा सहभागी भई तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई नेपाल उद्योग वाणिज्य महासघमा आयोजना गरी प्रमाणपत्र वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अंजन श्रेष्ठ, र अंतराष्ट्रिय श्रम संगठनका राष्ट्रिय संयोजक सौरभ राम जोशी विशेष अतिथि रहेको थियो ।

नाट्टाका अध्यक्ष रमेश थापाले उक्त तालिमबाट रोजगारीको सिर्जना हुनको साथै कामको खोजीका लागि विदेश जाने यूवाहरुलाई केहि राहत पुग्ने विश्वास लिइएको बताए । उक्त कार्यक्रमलाई नियन्त्तर जारी राख्ने र आउदो दिनहरूमा सबै प्रदेशहरुमा आयोजना गने उनले बताए ।

Advertisement

Advertisement