‘विश्वमा देखिएको बाह्य क्षेत्रको मन्दी र निर्माण क्षेत्रको शिथिलता भित्रिन नदिनु नै उपलब्धी हुनेछ’

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बााह्य क्षेत्रको स्थिरता र वित्तिय स्थायित्व कायम नगर्दासम्म दिगो आर्थिक विकास हुन नसक्ने बताएका छन् । 

आईतवार बैंक तथा वित्तिय संस्था परिसंघको तेस्रो साधारणसभामा उनले मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तिय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने बताएका हुन् । 

Advertisement

गभर्नर अधिकारीले पछिल्लो समय विश्वका अधिकांश मुलुकमा वाह्य क्षेत्रको मन्दी देखिएको बताए । उनले विश्वमा देखिएको बाह्य क्षेत्रको मन्दी र निर्माण क्षेत्रको शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने बताउँदै विश्वको अर्थतन्त्र आर्थिक मन्दीतर्फ गएको बताए । 

नेपालमा पनि केही मिल्दा असरहरु देखिएकाले त्यस्ता असरबाट जोगिनुपर्ने चुनौति रहेको अधिकारीको भनाई छ । उनले नेपालको यो वर्षको मुख्य चुनौति भनेकै वाह्य क्षेत्रलाई स्थिरतामा राख्नु भएको भन्दै सम्बन्धित निकायहरुले त्यही अनुसार काम गर्न आवश्यक रहेको बताए । 

गभर्नर अधिकारीले सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि संकुचित भएको बताए । उनले सन् २०२३ मा झनै घटेर २.७ प्रतिशतमा संकुचन आउने प्रक्षेपण रहेको बताए । उनले भने, ‘विश्वको अर्थतन्त्र अहिले मन्दितर्फ गइरहेको छ । सन् २०२१ मा ६ प्रतिशतले विश्वको आर्थिक वृद्धि भएकोमा २०२२मा घटेर ३.२ मा आएको छ । २०२३ मा अझ घटेर २.७ प्रतिशतमा सिमित हुने अनुमान रहेको छ । यसरी विश्व आर्थिक मन्दीमा गइराख्दा नेपालमा पनि यसका केही बाछिटाहरु आइरहेको पाइन्छ । अहिले जसरी निर्माण व्यवसायमा शिथिलता देखिएको छ । त्यसले अन्य सम्बन्धित विषयहरुलाई पनि छुँदै गएको छ । यो सालको नेपाललाई चुनौति भनेकै मूल्य स्थिरता कायम गर्ने वाह्य क्षेत्रको स्थिरता धेरै हदसम्म स्थिर हुँदै आएको छ । त्यसलाई कायम राख्ने र वित्तिय स्थायीत्व कायम नभएसम्म हामीले दिगो आर्थिक विकास र समग्र माक्रोइकोनमी स्थितरता कायम गर्न सक्दैनौं ।’ 

अधिकारीले थपे, ‘अहिले जुन खालको वाह्य दबाब बढ्दै गएको छ । जुन अवस्थामा मूल्यवृद्धि भइरहेको छ । विभिन्न मुलुकलाई समेत वाह्य क्षेत्रको दबाब भइरहेको छ । यो अवस्था प्रवेश गर्न नदिनु नै नेपालको लागि चुनौति रहेको छ । यसको लागि सबै निकायहरु आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने भएको छ ।’ विश्व अर्थतन्त्रमा आएको मन्दिको बाछिटा नेपालमा समेत आएको उनको भनाई छ । 

Advertisement

Advertisement