नेपाल इन्भेष्टमेण्ट र मेगाको एकीकृत कारोबार शुरुः ३४ अर्ब नाघ्यो चुक्ता पूँजी

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र  मेगा बैंक एकआपसमा गाभिएर आजदेखि एकीकृत कारोबार शुरु गरेको छ । 

आज आयोजित एक समारोहका बीच नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार शुरु भएको हो । 

Advertisement

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षता र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहसहित विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा रहेको थियो । 

उक्त अवसरमा अध्यक्ष पाँडेले दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात संस्थाको पूँजी बृद्धि, कार्य क्षेत तथा कार्य क्षमता अभिबृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीइ बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा सुबिधा तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने बताए ।  

दुई बैंक एक भएसँगै कूल चुक्ता पूँजी ३४ अर्ब १२ करोड पुगेको छ । अब बैंकको निक्षेप रकम ३६० अर्ब र कर्जा लगानी ३२९ अर्ब पुगेको छ । 

कूल शाखा सञ्जाल २९६ हुँदा एटीएम २७९, अतिरिक्त काउन्टर ५९ र ग्राहक संख्या ३० लाख बढी रहेको बैंकले जनाएको छ । 

नयाँ बैंकको सीईओमा इन्भेष्टमेण्टकै सीईओ ज्योतिप्रकाश पाण्डे र अध्यक्ष पनि पृथ्वीबहादुर पाण्डे रहने यसअघि नै सहमति भइसकेको छ । बैंकको वरिष्ठ डेपुटी सीईओमा मेगाका कामु सीईओ महेश शर्मा ढकाल हुने छन् । 

बैंकको केन्द्रीय कार्यालय साविकको इभेष्टमेण्ट बैंकको काठमाडौं महानगरपालिका १ दरबारमार्गमा रहने छ । 

इन्भेष्टमेण्ट र मेगा १००ः९० अर्थात मेगाको १०० कित्ता बराबर इन्भेष्टमेण्टको ९० कित्ता स्वाप रेडियोमा दुई बैंक एक भएका हुन् । 

एकीकृत कारोबार गर्दा डाटा माइग्रेशन लगायतको प्रयोजनका लागि पुस २५ र २६ गते दुई दिनको लागि दुबै बैंकले आफ्ना केन्द्रीय कार्यालय र विभिन्न शाखा कार्यलयहरुबाट प्रदान गर्दै आइरहेको बैंकिङ सेवा बन्द गरेको थियो भने आज एकीकृत कारोबार शुरु भएसँगै सबै सेवा सुचारु भएको छ ।  

प्रभु-सेञ्चुरी बैंकको एकीकृत कारोबार शुरुः चुक्ता पूँजी २३ अर्ब बढी, सीईओमा शेरचन

कुमारी-एनसीसीको एकीकृत कारोबार: २६ अर्ब २३ करोड चुक्ता पूँजी, अध्यक्षमा राणा, सीईओमा अर्याल 

सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमईः चुक्तापूँजी पौने ३६ अर्ब, अध्यक्षमा ढकाल, सीईओमा बज्राचार्य

छ वाणिज्य बैंक तीनवटा भई एकीकृत कारोबार पुसभित्रै, हिमालयन र सिभिलको कहिले ?

 

 

Advertisement