पोखरामा दुर्घटनाग्रस्त विमानबाट २२ जनाको शव निकालियो, उद्दार जारी

Advertisement

काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानबाट २२ जनाको शव निकालिएको छ । उद्धार कार्य अझै जारी छ । 

उक्त विमानमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्यका थिए । 

Advertisement

उक्त जहाज क्याप्टेन कमल केसीले उडाएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी थिए ।

काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआर ७२ विमान पोखरा नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । 

पोखरामा भर्खरै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलको पाँच माइल नजिकै सेती नदीको खोचमा खसेर विमानमा आगो लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । 

आज बिहान १०ः०५ बजे विमान दुर्घटना भएको हो । उद्धार जारी रहेको छ । विमान पूरै जलेको छ ।  

Advertisement

Advertisement