विवाहको सिजन नजिकिएसँगै फूलको माग बढ्न थाल्यो

Advertisement

काठमाडौ । समाजमा बढ्दो फूल (पुष्प) प्रयोगको संस्कृति र मानिसहरुको आयस्तरमा आएको सुधारले फूलको व्यवसायमा पनि निकै वृद्धि भएको छ । माग बढ्र्दै जाँदा नेपालमा फूलको उत्पादनमा पनि वृद्धि भएको छ । 

ओमन इन फ्लोरिकल्चरमा रुपा शाक्य भन्छिन, ‘म यहाँ काम गरेको नै १५ बर्ष भयो । पहिला अहिले जस्तो फूलको गुच्छा बिक्री गर्ने चलन थिएन् । अहिले पुजाआजामा मात्रै फूलको प्रयोग नभएर विशेष समारोह, सम्मान, स्वागतमा पनि फूलको प्रयोग हुँदा यसको माग बढेको हो ।’

Advertisement

ओमन इन फ्लोरिकल्चरको सञ्चालक सवनम श्रेष्ठ हुन् । उनले विगत तीन दशकदेखि यो व्यवसाय गर्दै आएकी छन् । ओमन इन फ्लोरिकल्चर नेपालमा सञ्चालनमा आएको पहिलो र पूरानो फूल व्यवसाय हो भन्दै शाक्यले पाटनको ज्वागलस्थित होलसेल पसलबाट फूलहरु ल्याएर बिक्री गर्ने गरेको बताइन् । ज्वागलमा स्वदेशी र विदेशबाट आयात गरिएका फूलहरु सबै खरीद गर्न सकिने उनले बताइन् ।

पछिल्ला दिनमा विवाहको सिजन सुरु भएकाले फूलको माग बढेको शाक्यले बताइन् । उनले फूलका माला र बुके लिन चिनजानका पूराना ग्राहकदेखि भाटभटेनी सुपरमार्केटका साहु मिनबहादुर गुरुङसम्म आउने गरेको बताउँदै गएको मंसिरमा मात्रै आठ लाखको फूलको व्यवसाय बताएको जानकारी दिइन् । सिजनको समयमा मंसिरमा भन्दा धेरै फूल बिक्री हुने शाक्यको भनाई छ । 
 

Advertisement