रविको साँसद पद खारेज गरेपछि उमेश श्रेष्ठको माग– मलाई स्वतः विजयी घोषित गरियोस्

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । सर्वोच्च अदालतले नागरिकताको अनुसुची नभरेको नाममा राष्ट्रिय स्वतन्त्र पार्टीका लोकप्रिय नेता रवि लामिछानेको साँसद पद खारेज गरेपछि श्रेष्ठले यस्तो निवेदन दिएका हुन् । 
 
आइतबार निर्वाचन आयोग पुगेर उनले निवेदन दिए । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट रवि लामिछानेसँग भारी मतान्तरले पराजित श्रेष्ठले लामिछानेको सांसद पद गएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने तर्क गरेका छन् । 

उनले आज नै यसबारेमा विस्तृत जानकारी गराउन पनि आयोगसँग आग्रह गरेका छन् । नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीहरुसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानूनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको जिकिर गरेका छन् । उपनिर्वाचन बाहेकको पदपूर्तिका बारेमा कानूनले परिकल्पना नगरेको उनको भनाई छ । 

Advertisement

Advertisement

Advertisement