सम्पत्ति शुद्धीकरण ऐन संशोधनका लागि विधेयक नल्याएकोमा पौडेलको विरोध

Advertisement

काठमाडौं । नेपाली कांग्रेसमा सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धीकरण ऐन संशोधनका लागि संसदमा विधेयक नल्याउनु गम्भीर विषय भएको बताएका छन् । 

संसदमा आइतबार उनले अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार कानुन नबनाए नेपाल ‘ग्रे जोन’मा पर्ने चेतावनी आएको बताउँदै भने, ‘एएफटीएफको मापदण्डहरु पूरा गर्न नसक्दा कतिपय ठूला देशहरु अन्तर्राष्ट्रिय सञ्जालबाट बाहिरिएका छन् । हाम्रो जस्तो रेमिटेन्समा निर्भर देश ग्रे जोनमा परेर अन्तर्राष्ट्रिय वित्तिय प्रणालीबाट दण्डित र बञ्चित हुन पुग्यो भने हाम्रो सिङ्गो अर्थतन्त्र नै धरासायी हुनपुग्छ ।’

Advertisement

पौडेलले सम्पत्ति शुद्धीकरणको विषयलाई अस्थायी समाधान खोजेर मात्रै नपुग्ने बताए । उनले अन्तर्राष्ट्रिय जगतलाई विश्वस्त बनाउने र आन्तरिक सुधार, भ्रष्टाचारको अन्त्य, हुण्डी निवारण लगायतका विषयका लागि कडा कानुन निर्माण गर्न आग्रह गरे । 

Advertisement

Advertisement