मास्टर सेफ सन्तोष साहको सहभागितामा सिड्नीमा नेपाली फुड प्रमोसन कार्यक्रम हुने

Advertisement

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपाली परिकार प्रवर्द्धन कार्यक्रम हुने भएको छ । आउँदो २० देखि २४ सम्म नेपाली फुड प्रोमोशन कार्यक्रम हुन लागेको बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

अष्टे«लियन प्यासिफिक कलेज र प्यासिफिक हस्पिटालिटी एण्ड कुरिनरी एकेडेमी संयोजनमा हुन लागेको यो कार्यक्रम अष्टे«लियाको नमस्ते रेष्टुरेन्ट ३०७ पिट स्ट्रिट, सिड्नीमा आयोजना हुनेछ । 

Advertisement

कार्यक्रममा नेपाली खानालाई संसारभर प्रचारप्रसार गर्दै आएका मास्टर सेफ सन्तोष साहले आफ्नै मेनुमा अष्टे«लियनहरुलाई नेपाली खानाको स्वाद र परिकार पस्किने छन् । नेपाली मेनुमा २० प्रकारका खानाको परिकार र नेपाली एला पनि समावेश गरिने साहले बताए ।

फुड प्रमोसन कार्यक्रममा टिकट मूल्य प्रतिव्यक्ति १८० देखि २०० अष्टे«लियन डलर तोकिएको छ । 

Advertisement

Advertisement