कर्पोरेट नेपालको समाचार प्रभाव, सूर्यज्योतिबाट स्वतन्त्र सञ्चालक बाहिरिए, अझै एक जना अवैध

Advertisement

काठमाडौं । पाँच जना सञ्चालक मात्रै कायम गर्नुपर्नेमा सात जना सञ्चालक रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सका स्वतन्त्र विज्ञ सञ्चालक जयन्तकुमार अग्रवालले राजीनामा दिएका छन् । 

उनको राजीनामा यही गएको फागुन १६ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले स्वीकृत पनि गरिसकेको छ । उक्त कम्पनीमा अनधिकृतरुपमा सात जना सञ्चालक राख्ने काम भएको भन्दै यसअघि कर्पोरेट नेपालले समाचार प्रकाशित गरेको थियो । 

Advertisement

कम्पनीमा पाँच जना सञ्चालक कायम हुनुपर्ने कि नपर्ने भन्ने कुराले स्वयम सूर्यज्योतिका सञ्चालकहरुबीच त विवाद र मनमुटाव सुरु भएको थियो । यही विवादका बीच अग्रवालले राजीनामा दिएका हुन् । यद्यपि उनले आफ्नो राजीनामाको कारण व्यक्तिगत भएको जिकिर गरेका छन् । 

कम्पनीका सीईओ प्रकाशविक्रम खत्रीले मर्जरका कारण शेयर अनुमान नमिल्दा सात जना सञ्चालक राख्नुपरेको बताउँदै अब आउने बार्षिक साधारणसभाबाट पाँच जना सञ्चालक कायम गर्ने बताउँदै आएका थिए । सूर्या लाइफ र ज्योति लाइफ एक भएर सूर्यज्योतिको रुपमा कारोबार सुरु गरिएको हो । 

आन्तरिक विवाद र असन्तुष्टि बढ्दै जाँदा स्वतन्त्र विज्ञ सञ्चालक अग्रवाल बाहिरिए पनि अझै कम्पनीमा एक जना सञ्चालक बढी छन् । उनीहरुबीच आफूले छोड्ने भन्दा पनि अर्कोले राजीनामा दियोस् भन्ने टकराव कायम रहँदै आएको छ । 

सीईओ खत्रीले यसअघि आफूहरुले कुनै गैरकानुनी काम नगरेको दाबी गर्दै भर्खर मर्जर गरेकाले पहिलो एजीएमपछि शेयर अनुपात, संचालकहरुको संरचनामा सुधार गर्ने बताएका थिए ।

यस कम्पनीमा तत्कालिन सूर्या लाइफको सञ्चालक समिति अध्यक्ष केशब भट्टराई अहिले अध्यक्ष छन् भने ज्योति लाइफाबाट खत्री सीईओ छन् । अहिले सञ्चालकहरुमा नन्दकिशोर शर्मा, हेमन्त महता, विवेक झा, आकाश गोल्छा, प्रिया तयाल कायम छन् । 


 

Advertisement

Advertisement