दोहोर्याएर राष्ट्रपति बन्न नपाउने गर्न पाएको भए अहिले पाँच जना राष्ट्रपति भइसक्थेः विश्वप्रकाश शर्मा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । 

राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्र्नु उपयुक्त हुने उनको भनाई थियो । नेपाल ट्रेड युनियन काँग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्याएर सपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौ राष्ट्रपति पाइसकेको हुने स्मरण समेत गराए । 

Advertisement

उनले सांसद, मन्त्री भईसकेकाहरुले मुलुकको आर्थिक रुपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रुपमै भए त्यो झनै राम्रो हुने बताए । शर्माले भने, ‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, पाउने, दोहो¥याएर सपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले सपथग्रहण गर्दैगर्दा पाँचौं राष्ट्रपति नेपाल देशले पाईसकेको हुन्थ्यो । डा. रामवरणले २ पटक, विद्या भण्डारीले २ पटक सपथ ग्रहण गर्नु भयो । र, अहिले आएर रामचन्द्र पौडेल हुनु भयो । राजनीतिमा रुपान्तरण भन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस् । दुई पटक प्रधानमन्त्रीको सपथग्रहण गरोस् । ३ पटक मन्त्री हुँदैगर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस् । ४ पटकसम्म सांसद बनोस् । पाँचौं पटक उसले आर्थिक रुपान्तरणको काममा हात हालोस् ।’

Advertisement

Advertisement