विश्व कीर्तिमानको प्रमाणपत्र र सम्मान विभिन्न व्यक्तिहरुलाई

Advertisement

काठमाडौं । विश्व कीर्तिमानको प्रमाणपत्र र विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा सांसद उदयशम्शेर राणा, सरोज अहमद फारुकी, डा. रेखा यादव, बलराम अधिकारी, डमनिक मफिट (बेलायत) र रविजंग लामिछाने (बेलायत) छन् । 

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा ‘चन्द्र सूर्य’ एल्बमको म्यूजिक भिडियो डीभीडी र पोष्टर विमोचन गरि विश्व कीर्तिमान राख्न सफल वरिष्ठ गीतकार हरिगोपाल प्रधानलाई कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरियो । 

Advertisement

रेकर्ड स्थापित गर्न योगदान दिएका नायक÷गायक÷निर्देशक निर्णय श्रेष्ठ, नायिका विष्णु चेमजोङलगायत सहयोगी संस्था एवं व्यक्तिहरुलाई पनि सम्मान गरियो । त्यसैगरी, हिमालय एयरलाईन्स अध्यक्ष झाउ एन्योङ, डा. गौरी शंकरलाल दास (समाजसेवी), डा. चिन्तामणि योगी (आध्यात्मिक गुरु),  कर्मा गुरुङ (लायन्स क्लव इन्टरनेशनल, डिस्ट्रिक्ट गर्भनर ३२५ इ), सन्तोष शाह (युवा उत्प्रेरक)लाई आ–आफ्नो क्षेत्रमा विशिष्ठ योगदान पुराएवापत सम्मान गरिएको हो । 

बेलायतका सांसद वीरेन्द्र शर्माको प्रमुख आतिथ्यमा वर्ल्ड बुक अफ रेकर्डले सम्मान गरेको जनाइएको छ । 

Advertisement

Advertisement