आइएमई पेको अफरमा ‘५ को ५’ बाट ईयर बड्स जित्ने मौका

Advertisement

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

चैत्र १ देखि १५ गतेसम्म चल्ने यस अफरमा ग्राहकहरुले विभिन्न माध्यम, जस्तै लिन्क गरेको बैंकको खाताबाट, एम–बैंकिङ वा इ–बैंकिबाट, डेबिट÷क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसुंंग ग्यालेक्सी बड्स २ जित्ने मौका पाउने छन् । 

Advertisement

यसका साथै, हरेक दिन कम्तिमा १ पटक सोहि माध्यमहरुबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले रु. १००० जित्ने मौका पनि पाउनु हुनेछ । सो रकम  विजेताको वालेटमा लोड हुनेछ ।

यो अफर ग्राहकलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको हो । 

Advertisement

Advertisement