लिङदेनको व्याङ्ग्य– भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ, २ महिनामा २ पटक विश्वासको मत लिनुभयो

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दुई महिनामै दुई पटक विश्वासको मत लिन पाउने पुष्पकमल दाहाल भाग्यमानी प्रधानमन्त्री भएको बताउँदै व्यङ्ग्य गरेका छन् । 

सोमबार संसदमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीलाई अर्को यात्राका लागि शुभकामना छ । तपाईंले बिनाकारण बाटो फेर्नुभयो । जुहारी चलाउने मन छैन् । भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ । दुई महिनामा दुई पटक विश्वासको मत लिनु भएको छ । वैशाख १५भित्र फेरि विश्वासको मत लिनुपर्ने अवस्था नआओस् ।’

Advertisement

दाहालले बिनाकारण बाटो फेरेपछि समर्थन फिर्ता लिएको बताउँदै लिङ्देनले सरकारमा सबैलाई सहभागी गराउने र पदको भागबण्डा गर्ने अहिलेको व्यवस्था नभएको पनि बताए । 

उनले दाहालले बाटो फेरेको र धोका दिएको आरोप लगाए । दाहालले नैतिकता बिर्सेको उनको भनाइ थियो । लिङ्देनले भने, ‘हामीले होइन तपाइँले बाटो फेर्नुभयो । नैतिकता भन्ने चिज पनि हुन्छ । यो इतिहासमा छलफल र मूल्यांकन हुनेछ । हिजो अस्ति मात्रै फरकमत राखेर हिँडेको त्यसैले विश्वासको मत दिन सकिँदैन ।’

Advertisement

Advertisement