पन्द्रदिनमै ‘रिपोर्ट’ दिने व्यवस्था गलत-सर्भेयर, प्राधिकरण भन्छ-‘समयमै खबर गर्नु, गायब नहुनु’

Advertisement

काठमाडौं । पछिल्लो समय निर्जीवन बीमा क्षेत्रको जोखिमको मूल्यांकन गर्ने सर्भेयरहरुले क्षती भएको १५ दिनभित्रै प्रतिवेदन तयारी गर्न सकस बताएका छन् । यता बीमा प्राधिकरणले भने १५ दिन कुनै पनि खोजीका लागि उपयुक्त अवधि रहेको भन्दै प्रतिवेदन पूर्ण नभएमा खबर गर्न सकिने सुविधा समेत रहेको जनाएको छ ।  

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने,‘सर्भेयरहरुको काम भनेको खोज्ने हो, यहाँ त बेला बेलामा सर्भेयर नै हरायो भन्नेसम्मका खबर आउँछन् । यसको मतलब उनीहरुले नयाँ नयाँ रिर्पोट खोजी गरेर सम्बन्धित कम्पनी र बीमितलाई प्रस्तुत गर्ने हो । त्यस्ता सर्भेयर नै गायब भए पछि रिर्पोट आउँदैन ।’

Advertisement

सर्भेयर संघ नेपालका पूर्व अध्यक्ष सूर्यप्रसाद जोशीले सर्भेयरले सर्भे गर्दा पनि नयाँ बीमा ऐनले उल्झन सिर्जना गरेको बताए । उनले कर्पोरेट नेपालसँगको कुराकानीमा सर्भे गर्न ढिलाई भएमा दैनिक पाँच हजारदेखि लाखौं रुपियाँ बराबरको जरिवाना समेत व्यवस्था गरिएको भन्दै यसले सर्भेमा अनावश्यक हतार र दबाव सिर्जना भएको बताए ।  

तर, बीमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले भने,‘सर्भेयरको काम सर्भे गर्ने हो उनीहरुले सर्भे नगरेर त सुखै छैन । अब जहाँसम्म रह्यो समयको कुरा त्यसमा पनि त ऐनले जे व्यवस्था गरेको छ त्यही व्यवस्था अनुसार सबै चल्ने हो । म त के भन्छु भने ऐनले त सबैलाई बाँध्छ । त्यस्तै ऐनको खाँचो छ भनेर ऐन आईसक्यो अब पनि फेरी यो भएन त्यो भएन् भनेर त भएन नी ।’ 

उनले सर्भेरहरुसँग बीमा प्राधिकरणको एक चरणको छलफल भइसकेको र त्यस्ता ऐनले कही नचाहीदो बन्देज लगाएको जस्तो लागेमा आफूहरुलाई क्षती मूल्यांकनको क्रममा सूचना दिने सुविधा समेत राखिएको पौडेलले बताए । 

तर, सर्भेयर जोशीले भने कुनै पनि व्यक्तीको निधन हुँदा नेपाली चलन अनुसार काजक्रियाको कर्म गर्न नै कम्तीमा पनि १३ देखि १५ दिन समय लाग्ने भएकाले सर्भेयरको रिर्पोट तयार गर्न समेत केही दिन थप्नु पर्ने उनको सुझाव छ । साथै, दुर्घटनामा केही ठूलै घाईते भएको अवस्थामा समते उसको रिर्पोट तयार गर्न पुलिस रिर्पोट आवश्यक हुने र प्रहरी प्रशासनले पनि पूर्ण रुपमा निको नभएका व्यक्तीहरुको रिर्पोट तयार नगर्ने गरेको गुनासो गरेका छन् ।

उनले सोही कारण घटनाका प्रकृती हेर्न, नेपाली रितीरिवाज अनुुसार क्रियाकर्मपछि सर्भेको रिर्पोट माग्न तथा यातायात क्षेत्रको सर्भेयरको रिर्पोटमा ब्लु बुकको फोटो अनिवार्य हेर्नु पर्ने बताएका छन् । उनले प्राधिकरणले ब्लू बुक, र लाइसेन्सको खोजीलाई अझै कडा बनाउनु पर्ने सुझाव दिए ।
 

Advertisement

Advertisement