फागुनमा जीवन बीमा व्यवसायमा भारी गिरावट, आर्थिक मन्दीको असर होः बीमा प्राधिकरण

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा जीवन बीमा कम्पनीहरुले व्यापारमा भारी गिरावट देखिएको छ । यस अवधिमा कम्पनीहरुले १० अर्ब ३६ करोड २३ लाख रुपियाँ बराबरको मात्रै बीमाशुल्क आर्जन गरेका छन् । 

गत आर्थिक वर्षको सोही अवधिमा उनीहरुले १० अर्ब ८८ करोड ९० लाख रुपियाँ बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको व्यापारमा भएको ५२ करोड ६७ लाख रुपियाँको गिरावटको कारण मुलुकमा देखिएको आर्थिक मन्दीको असर भएको नेपाल बीमा प्राधिकरणले बताएको छ । 

Advertisement

प्राधिकरणका तथ्यांकशास्त्री बसन्त बोहोरा भन्छन, ‘साधारणतया जीवन बीमा कम्पनीहरुको बीमाशुल्क घटबढ नै देखिन्छ । सधै घट्ने वा सधै बढ्ने भन्ने हुँदैन् । यस पटक जीवन बीमा कम्पनीहरुको बीमाशुल्क घटेको छ । यसको मुल कारण देशको आर्थिक अवस्था नै केही खस्किएको कारण हो ।’ 

अर्थतन्त्र डामाडोल हुन लागेको हो कि ? भन्ने त्रास बढ्न थालेको सबैले सुन्दै आएको कुरा हो भन्दै बोहोराले सोही असर बीमा क्षेत्रमा पनि देखिएको बताए । उनले आर्थिक मन्दीका कारण लगानीकर्ताहरु नयाँ ठाउँमा लगानी गर्न केही हच्किएको हुनसक्ने बताए ।

फागुनमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । उक्त कम्पनीले दुई अर्ब ७३ करोड १८ लाख रुपियाँ यस्तो शुल्क आर्जन गरेको हो । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले एक अर्ब २७ करोड १६ लाख र नेशनल लाइफ इन्स्योरेन्सले एक अर्ब २३ करोड २७ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् । 

हेर्नुहोस् फागुनमा कुन कम्पनीको बीमाशुल्क कति आर्जन भयो ? 

Advertisement

Advertisement