चौबिस बर्षदेखि शुद्ध पश्मिनाका सामान उत्पादन गर्दै राजभण्डारी, नब्बे प्रतिशत निर्यात गर्न सफल

Advertisement

काठमाडौं । मिर्दुला (जोली) राजभण्डारीले विगत २४ वर्षदेखि नेपालमा पस्मिना उत्पादन तथा बिक्री गर्दै आएकी छन् । उनले उत्पादन गर्दै आएको पस्मिनालाई ‘तारा वरियण्टल’ नाम दिएकी छन् । 

राजभण्डारीले उत्पादन तथा बिक्री गर्दै आएको पस्मिनाका कपडाको डिजाइन नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रवल गुरुङले गर्दै आएका छन् । 

Advertisement

राजभण्डारीलाई अमेरिकामा बस्दै आएकी आफ्नी छारीले पस्मिनाका उत्पादनहरुको  डिजाइन, मार्केटिङ, बिक्री गर्न सहयोग गर्दै आएकी छन् । दुई लाख रुपियाँको लगानीबाट सुरु गरेको उनको व्यवसाय अहिले मासिक लाखौं आम्दानी दिने भइसकेको छ । 

राजभण्डारीले ललितपुरस्थित थैवमा रहेको कारखानाबाट पस्मिना उत्पादन गर्दै आएकी छन् । पस्मिना बुन्ने, रंग लगाउने,वेभिङ गर्ने काम कारखानाबाट हुने गरेको छ । एक सय ७५ जनालाई रोजगारी दिएकी राजभण्डारीले कारखानामा मासिक तीस लाख छुटउनु पर्ने उनले भनिन् । 
 
मंगोलिया, तिब्बतबाट बाख्राको रौंको धागोबाट पस्मिना उत्पादन गर्ने गरेको उनले बताइन् । पश्मिनाले १२ देखि १६ माइक्रोनसम्मको फाइबरलाई मात्र जनाउँछ । राजभण्डारीको पश्मिनाको शोरुम लाजिम्पाट, र्याडिसन होटल अगाडी र बौद्धमा शोरुम रहेको छ ।

उनी भन्छिन्, ‘मैले बिक्री गर्दै आएको पश्मिानामा कुनै पनि  मिरावट छैन् । कुनै पनि केमिकल प्रयोग गरेको हुन्न । उत्पादितमध्ये ९० प्रतिशत निर्यात हुन्छ । दश प्रतिशत मात्र नेपालमा खपत हुन्छ ।’ विशेषगरी जाडोमा न्यानोका लागि र नरम कपडा खोज्नेहरुका लागि पश्मिना लोकप्रिय छ । 

राजभण्डारीले आफ्नो पसलमा नेपालीभन्दा बढी विदेशीहरु पश्मिनाको सामान किन्ने गरेको सुनाइन् । बजारमा राखिएका सबै नरम पश्मिना होइन् भन्दै उनले बजारमा व्यापारीहरुले नक्कली पस्मिना राखेर विदेशीहरुलाई झुक्काएर बिक्री गर्ने गरेको उदाहरण पनि दिइन् । 

सरकारले गुणस्तर सामान गरी बिक्री गर्ने व्यवस्था मिलाउन नसक्दा आफूहरु जस्ता व्यवसायी मर्कामा परेको उनको गुनासो छ । राजभण्डारीले प्रत्येक ब्राण्डको नाम सरकारले छुट्टाउन सकेमा मात्र स्वदेशी तथा विदेशी पर्यटक भ्रममा नपर्ने राजभण्डारीको भनाई छ । 

पश्मिनाको धागोबाट सल, स्विटर जस्ता पोसाक उत्पादन गर्दै आएकी उनले पश्मिनाका सामानको मूल्य आठ हजारदेखि ३५ हजार रुपियाँसम्म पर्ने जानकारी दिइन् । धेरै मूल्य पर्ने भएकाले राजधानी बाहिरका ग्राहक नआउने राजभण्डारीको भनाई छ । 

Advertisement