आज (चैत २१)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल चैत्र महिनाको २१ गते मंगलबार, चैत्र शुक्लपक्षको त्रयोदशी, उप्रान्त चतुर्दशी तिथि । आज महावीर जयन्ती ।

मेष
आम्दानीमा हल्का बृद्धि कायम रहने छ । पेशागत जीवन मध्यम खालको हुने छ । रुखो खालको व्यक्तित्व  र बोली हुने हुँदा अरुको साथ र समर्थन कम मिल्ने छ । झैझगडाको अवस्थाबाट बच्ने प्रयास गर्नु होला । मनमा चित्र विचित्रका विचारहरु एक पछि अर्काे गरि आउँदा अस्थिर खालको व्यक्तित्व बन्न जाने छ । शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छैन् । 

Advertisement

वृष
पेशागत जीवनमा धेरै प्रगति भन्दा निरन्तरताका लागि प्रयास गर्नु पर्ने छ । आम्दानीमा कटौति हुने र आर्थिक दबाब उत्पन्न हुने छ । मनमा अस्थिरताका क्रम देखा पर्दा चिटचिटाहटपूर्ण व्यक्तित्व हुने छ । बौद्धिक क्षेत्रमा लम्बन मन लाग्दा लाग्दै पनि व्यावहारिक रुपमा कठिनाई उत्पन्न हुने छ । शेयर क्षेत्र औसत रहने छ । 

मिथुन 
पेशागत जीवनमा केही सकारात्मक संकेतहरु आउने छन् । व्यक्तित्वमा क्षणक्षणमा परिवर्तन देखा परिरहने छ । परिवारमा मिठासपूर्ण वातावरण कायम रही रहने छ । आफ्नो लक्ष्य र सपना तथा लक्ष्यहरुप्रति केन्द्रीत भइरहने व्यक्तित्व हुने छ । बोलीमा मिठोपना कायम रहँदा अरुको प्रभाव आफुप्रति खिच्न सकिने छ । शेयर बजारबाट नाफा हुने छ । 

कर्कट
पेशागत जीवनमा केही सुधार आउने छ । भविष्यप्रतिको डर र निराशा मनमा आइरहने छ । सपना नराम्रो देखिँदा मानसिक दबाब छाउने छ । बोलीको प्रभाव बढ्ने भएकाले समाजमा प्रभाव बढ्ने छ । जीवनसाथिको साथले उर्जा प्राप्त हुने छ । शेयर बजारबाट नाफा आर्जन हुन जाने छ । 

सिंह
पेशागत जीवनमा धेरै सकारात्मकता नआए पनि अलि सुधार देखिने छ । मनोबलमा गिरावट आउने छ । मनमा दुविधाका मात्राहरु विद्यमान रही रहने हुँदा निर्णय क्षमतामा कमि आउने छ । परिवारमा शान्तिपूर्ण वातावरण कायम रहने छ । समाजले प्रशंसा गर्ने छ । शेयर क्षेत्र औसत खालको रहने छ । 

कन्या
पेशागत जीवनबाट लाभ मिल्ने छ । पदोन्नति हुने तथा मान प्राप्त हुने छ । राजनीतिक लाभहरु प्राप्त हुने छ । व्यवस्थापकीय क्षमता सवल रहने छ । बोलीमा आउने मिठासपनाले अरुले विश्वास गर्ने छन् । आर्थिक अवस्था पनि सवल रहने छ । परिवारमा भने खिचातानीको अवस्था आउँदा सहयोग मिल्ने छैन् । शेयर क्षेत्र प्रतिकुल रहने छ ।

तुला
पेशागत जीवन सवल रहने छ । कमाईमा पनि बृद्धि हुँदा धन तौलतको कमि हुने छैन् । बाणिको प्रभाव फैलने छ । घमण्डि स्वाभावको चरित्र देखा पर्ने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । निर्णय छिटोछिटो गर्ने हुँदा जोखिमको अवस्था आउला । शेयर बजार फलदायी रहने छ । 

वृश्चिक
साझेदारीका कामहरुबाट उत्साह प्राप्त हुने छ । मित्रहरुको विश्वास आर्जन गर्न सक्दा लगानीका नयाँ नयाँ क्षेत्रहरुमा मन जाने छ । जीवनसाथिको सौहार्दताले निकै मद्धत मिल्ने छ । मनोबल उच्च रहने र धैर्यता पनि कायम हुने छ । पशोगत जीवनमा भने अलि उल्झनहरुको सामना गर्नै पर्ने अवस्था आउने छ । शेयर बजार भने जोखिमपूर्ण रहने देखिन्छ । 

धनु 
आर्थिक चक्रमा केही असन्तुलन देखा पर्ने छ । खर्चको मात्रा बढ्न जाने छ । परिवारमा झैझगडाका क्रमहरु देखा पर्दा सामाजिक प्रतिष्ठामा आँच आउने छ । पेशागत जीवनमा बादबिबादका क्रमहरु देखिँदा उत्साह र उमङ्गको कमि हुने छ । शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छ । 

मकर 
बाठो खालको स्वाभाव हुँदाहुँदै पनि कामहरु अड्किने छन् । बौद्धिकतामा बृद्धि हुने र कदर समेत मिल्ने छ भने आत्मसन्तुष्टि पनि मिल्ने छ । मनमा एक प्रकारको खिन्नता कायम भइरहने छ । आम्दानीमा बृद्धि नभए पनि कमि पनि हुने छैन् । पेशागत क्षेत्र औसत रहने छ । रंग रमाईलोमा मन आकर्षित हुने छ । शेयर क्षेत्र फलदायी रहने छ । 

कुम्भ 
पेशागत जीवनमा नयाँ नयाँ सम्भावनाका ढोकाहरु खुल्ने छन् । जीवनसाथिको दरिलो भरोषा प्राप्त हुने छ । नकारात्मक सपनाले सताउने छ । जसले गर्दा दृढतामा कमि आउने र भविष्यप्रति डर लाग्ने हुन जाने छ । कडा खालको व्यक्तित्व हुने हुँदा विचार पुर्याउनु होला । आम्दानीमा उत्साह आउने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । 

मीन
प्रेममा सफलता मिल्ने छ । यौन क्षेत्रको कमजोरी बद्नामीको पासो बन्न सक्ने खतरा देखिन्छ । आफ्नै पेशाप्रति विचलन आउने छ । आम्दानीमा कमि आउँदा आर्थिक दबाब सृजना हुने छ । स्वास्थ्यमा समस्या आउँदा मनोवलको कमि हुने छ । परिवारको साथले गर्दा निकै मद्धत मिल्ने छ । सवारीसाधनसम्बन्धी समस्याले सताउने छ । शेयर क्षेत्र चुनौतिपूर्ण देखिन्छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement