आज (चैत २४)को राशिफलः तपाईंको आर्थिक–व्यवसायिक पक्ष कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल चैत्र महिनाको २४ गते शुक्रबार, वैशाख कृष्णपक्षको प्रतिपदा तिथि । 

मेष 
प्रभावकारी बोली हुने छ । बोलीमा भने कडापन देखिँदा अरुले कडा खालको व्यक्तिका रुपमा लिने छन् । मानसिक रुपमा सवल हुने भए पनि शारीरिक रुपमा भने कमजोरी देखा पर्न जाने छ । शारीरिक स्वास्थ्य कमजोर बन्ने छ । यसले गर्दा मनोबल कमजोर हुने र दृढताको अभाव हुन जानेछ । पेशागत जीवन सन्तुलित रहने छ । आर्थिक अवस्था पनि ठिक नै रहने छ । 

Advertisement

वृष
चिसोजन्य विषयबाट समस्या उत्पन्न हुने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्ने छ । रिस कडा भएको व्यक्ति हुने छ । कठिनाईमा पनि मनोबल नगिराउने दृढ खालको व्यक्तित्व भने कायम हुने छ । विपरित लिंगीसँगको व्यावहारमा सावधान रहनु ठिक हुने छ । पेशागत जीवनमा अस्थिरता देखा पर्ने छ । यसले तनाव सृजना गर्ने छ । आम्दानीमा पनि गिरावट देखिने छ । 

मिथुन 
पेशागत जीवनमा अनपेक्षित समस्याका क्रमहरु एकपछि अर्काे गरि देखा पर्ने छन् । बौद्धिक क्षेत्रमा प्रगति हुने भए पनि व्यावहारिक रुपमा सुझबुझ नहुँदा नैराश्यता आउने छ । प्रतिष्पर्धीहरुसँग जुध्न मानसिक रुपमा तयार रहँदा रहँदै पनि शारीरिक सवलताले साथ दिने छैन् । चिसोले निकै सताउने छ । धेरै जोखिमपूर्ण लगानीका क्षेत्रहरुमा हात हाल्ने समय रहेको छैन् । परिवारमा मधुरता रहने छ । 

कर्कट
भाग्य बलियो रहेको छ । आँटिलो स्वाभाव हुने हुँदा कठिन परिस्थितिसँग जुध्न तागत आउने छ । धन सम्पत्तिका विषयमा मुद्धा मामिला र झैझगडा देखिने छ । पेशागत जीवनमा सोचे जस्तो अवस्था नआउने भएकाले चित्त बुझाउनु पर्ने छ । आम्दानीमा कमि आउँदा परिवारको आर्थिक सन्तुलनमा अस्थिरता आउने छ । सन्तान सम्बन्धी सुखमा कमि हुनेछ । 

सिंह
परिवारमा नयाँ समझदारीपूर्ण वातावरणको संकेत देखिने छ । भाग्यको साथ धेरै बलियो नभएकाले अपजसको सामना भने गर्नु पर्ने छ । व्यक्तित्वमा दुविधात्मक स्वाभाव रहने छ, यसले निर्णय क्षमतामा गिरावट ल्याउने छ । पेशागत जीवन मध्यम प्रकृतिको रहने छ भने आर्थिक पक्ष पनि मध्यम खालकै रहने छ । समाजले कदर गर्ने छ ।

कन्या
कमजोर खालको व्यक्तित्व बन्ने छ । शारीरिक र मानसिक रुपमा कमजोर अवस्था देखिने छ । पेशागत जीवन औसत रहने भए तापनि आम्दानीमा भने केही बृद्धि नै हुने छ । भाग्यको साथ नभएकाले स–साना विषयमा पनि धेरै कठिनाईको सामना गर्नुपर्ने हुन्छ । दाम्पत्य जीवनमा पनि चुनौति देखा पर्ने भएकाले शान्तिका साथ पाइला चाल्नु नै उपयुक्त हुने छ । 

तुला
मानसिक सवलता रहने छ । आफुले सोचेको विषयमा दृढ संकल्पित व्यक्तित्व हुनेछ । तर शारीरिक रुपमा भने शिथिलता देखा पर्नेछ । यसले गर्दा मनोबल कमजोर रहने छ । व्यक्तित्वमा दृढता नहुँदा अरुले हेप्ने अवस्था आउने छ । पेशागत जीवनमा उचार चढाव देखा पर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । 

वृश्चिक
व्यक्तित्वमा दृढता आउने छ । तर सानो–सानो विषयमा पनि रिस उठ्ने व्यक्तित्व देखिँदा छवि बिग्रने छ । आम्दानीमा बृद्धि हुन जाने छ । मेहनत र पराक्रमीपना स्वाभामा मन दृढ हुने भए पनि सो अनुसार शारीरिक क्षमता हुने छैन् । अर्थात रोग व्याधीको भय रहने छ । परिवारप्रति समर्पित हुन मन लाग्ने छ । परिवारको पनि साथ मिल्ने छ । पेशागत क्षेत्र अनुकुल रहने छ । 

धनु 
मनोबल कमजोर हुने छ । शारीरिक र मानसिक कमजोरीले सताउने छ । धैर्य अपनाएर पाइला चाल्नु नै उपयुक्त हुने देखिन्छ । वाहन सम्बन्धी समस्या देखिने छ । दुर्घटनाजन्य विषयमा सतर्क रहनु होला । पारीवारिक सदस्यहरुका बीच पनि द्वन्द देखा पर्ने छ । पेशागत जीवनमा धेरै संघर्ष गर्नु पर्ने छ । पेशागत जीवनम धेरै बादबिबादमा नजानु राम्रो ।

मकर 
कमजोर मनोबल भएको व्यक्तित्व हुने हुँदा दृढतामा निकै कमि आउने छ । पेशागत जीवनमा भने आफु भन्दा माथिका व्यक्तिहरुले साथ दिने छन् ।साझेदारीमा गरिएका काममा बिबाद चर्किन जाने भएकाले यसबारेमा ध्यान दिनुहोला । परिवारमा मिलन हुने र उत्साहपूर्ण वातावरण बन्ने छ । घर घडेरी किन्ने वा बेच्ने समय सक्रिय छ । यो नाफादायी पनि बन्ने छ । 

कुम्भ 
पेशागत जीवन स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरुमा बादबिबाद र असमझदारी आउने भएकाले संयमित रहनुहोला । आम्दानीको हकमा औसत समय चलिरहेकाले आम्दानीको विषयले दबाब सृजना गर्ने छ । अध्ययन अध्यापनमा भने प्रगति हुने छ । परिवारमा तिक्तताको अवस्था आउने छ । स्वास्थ्यमा असन्तुलन देखा पर्ने छ ।

मीन
पारीवारिक वातावरण तनावपूर्ण हुन जाने छ । समय प्रतिकुलातर्फ उन्मुख भएकाले संयम रहनु होला । परिवारमा झैझगडा र असमझदारीको अवस्था रहने हुँदा तातो अवस्था रहने छ । भाग्यहिनताका कारण संघर्ष धेरै गर्नु पर्ने छ । घर घडेरीसँग सम्बन्धि विषयमा घाटा व्योहर्नु पर्ने भएकाले सतर्क रहनु होला । पेशागत जीवन औसत रहने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement