आज (चैत २६)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल चैत्र महिनाको २६ गते आइतबार, वैशाख कृष्णपक्षको तृतीया तिथि ।

मेष 
कडा प्रकृतिको मानिस जस्तो अरुको अनुभूति रहने छ । रिस नियन्त्रणमा ध्यान नदिए हानी व्योहर्नु पर्ने छ । परिवारमा झगडा वा कटुता देखा पर्ने छ । मनमा दृढताको कमि भने हुने छैन् । गरिएका वार्ता वा छलफलमा फाइदा हुने गरि निर्णय हुने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कसैसँग नदब्ने स्वाभाव हुने छ । स्टेसनरी, कलेज, बोडिङ्ग स्कुल, शैक्षि संस्था, ब्यवस्थापन, नेतृत्व, संचार क्षेत्र, ब्यवस्थापक जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर बजार औसत खालको हुने छ । 

Advertisement

वृष 
बोली सोझो सरल तर कडा खालको हुने छ । परिवारमा झगडाको वातावरण रहने छ । प्रतिष्पर्धात्मक क्षमतामा तिब्रता आउने छ । यसले गर्दा असजिलो परिस्थितिमा पनि नआत्तिई अघि बढ्न खोज्ने व्यक्तित्व हुने छ । पेशागत जीवनमा बिबाद देखा पर्न जाने र शत्रुतामा बृद्धि हुने भएकाले संयमित भई पाइला चाल्नु होला । ब्यापार व्यवसाय गर्नेहरुको व्यावसाय फैलावट हुने छ । सेवाको क्षेत्रमा रहेकाहरुलाई पनि समय सकारात्मक रहने छ । स्टेशनरी, वाणिज्य, पुस्तक प्रकाशन, पत्रकारिता जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट भने लाभ मिल्ने छैन् ।

मिथुन 
भाग्यको साथ कम छ । गरेका कामहरुको नतिजा ढिलो गरि आउँदा धैर्यताका कमि आउने छ । विदेश यात्रामा कठिनाई आउने छ । उच्च जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुलाई फाईदा प्राप्त हुने । आफ्नो लक्ष्य पुरा गर्न सक्रिय हुने स्वाभावमा बृद्धि हने छ । मेहनत र पराक्रमीपना देखा पर्ने छ । जीवनसाथिको सल्लाहमा काम गरेमा फाईदा मिल्ने छ । ब्यावसायिक फैलावटका लागि हाल धेरै जोखिपूर्ण निर्णय लिने समय देखिँदैन् । शेयर बजार औसत खालको रहने छ । 

कर्कट
आम्दानीमा बढोत्तरी हुने छ । थोरै मेहनतबाट पनि धेरै फाइदा मिल्दा मनमा प्रफुल्लता आउने छ । निर्णय क्षमतामा भने अन्योलता देखिने छ । भाग्यको साथ रहेकाले मनोबल बलियो हुने हँदा अवस्था नियन्त्रणमा नै रहने छ । साझेदारीमा गरिएका काममा भने बिबाद देखिने छ । साझेदारहरुको झगडाले उच्चता लिने छ । पत्रकारिता, सञ्चार क्षेत्र, बजारीकरण, ब्यवस्थापन, संचारकर्मी, ब्यापार आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

सिंह
भाग्य बलियो बनेको छ । पेशागत जीवनमा उन्नति हुने छ । बाणिज्य, ब्यापार तथा ब्यवसायमा संलग्नहरुलाई फाईदा मिल्ने छ । परिवारको साथले गर्दा कर्मशिलतामा बृद्धि हुन जाने छ । साझेदारीमा गरिएका कामहरुमा भने उल्झन देखा पर्ने छ । वाणिज्य, पत्रकारिता, ब्यवस्थापन, सजावटका सामान, अस्पतालका सामानको आपूर्ति, औषधिको कारोवार आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर बजारमा लाभ मिल्ने छ । 

कन्या
अति नै कडाखाले स्वाभावको ब्यक्तित्व हुने छ । रिस पनि असाध्यै धेरै उठ्ने भएकाले यसबारेमा संयमित रहनु होला । मनोबल उच्च हुने भएकाले कसैले हेप्न सक्ने छैनन् । तर मनमा भने उदासिनता देखापर्ने छ । जीवनसाथिको सल्लाहअनुसार काम गरेमा जोखिमबाट बच्न सक्ने देखिन्छ । ठेक्कापट्टा, प्रशासन, न्याय क्षेत्र, राजनीति, उद्योग कलकारखान, श्रमिक क्षेत्र आदीमा संलग्नहरुलाई समय औसत खालको छ । शेयर बजारमा चुनौति देखिन्छ । 

तुला
समय प्रतिकुल देखिएको छ । पेशागत जीवनमा आरोप प्रत्यारोप र तनावबाट गुज्रनु पर्ने छ । बादबिबाद तथा अवरोधहरु धेरै सामना गर्नुुपर्ने भएकाले यसबारेमा मानसिक रुपमा तयार रहनु नै उपयुक्त रहने छ । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । कार्यसफलतामा बिलम्ब हुने छ । होटल, रेष्टुरेण्ट, स्टेशनरी, शिक्षा क्षेत्र, लेखन, अध्ययन अध्यापन, प्रेस जगत आदीमा संलग्नहरुले समस्या भोग्नु पर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् । 

वृश्चिक
बोलीको प्रभावमा ह्वात्तै बृद्धि आउने छ । पेशागत जीवन औसत तवरबाट अघि बढ्ने छ । तर कतिपय अवस्थामा फाइदा नै नमिल्ने अनावश्यक क्षेत्रमा मेहनत गर्न मन लाग्ने छ । भाग्यको साथ रहेकाले आम्दानीमा उच्च बृद्धि हुन पुग्ने छ । शिक्षा क्षेत्र, अध्ययन अध्यापन, बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालय, परामर्श आदी जस्ता क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ । शेयर बजारबाट भने आशातित लाभ मिल्ने छैन् ।

धनु 
आम्दानी बढ्ने छ । परिवारका सदस्यहरुको साथले निकै अर्थ राख्ने छ । पारीवारिक जिममेवारी लिने स्वाभाव पनि देखिने छ ।  मनमा भने निराशाले च्याप्ने छ । जसले गर्दा उत्साह र उमङ्गको कमि हुन जाने छ । लुलो खाले ब्यक्तित्व बन्ने छ । पेशागत जीवनमा आँकलन नै नगरिएका समस्याहरु देखा पर्ने छन् । शिक्षा क्षेत्र, बौद्धिक पेशा, लेखन, प्रवचन, परामर्श जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल रहेको छ । शेयर बजार औसत रहने छ ।

मकर 
रहस्यमय घटनाहरु घटित हुन पुग्ने छन् । जीवनप्रतिको उत्साहमा कमि आउने छ । मनोबलको पनि कमि जाने छ । मांसपेशी दुख्ने र रगतसम्बन्धी समस्याले दुःख दिने छ । साथै मनमा निराशाजनक भावले सताउने थाल्ने छ । भाग्यको साथ नभएकाले मेहनत अनुसारको फल प्राप्त हुने छैन् । श्रृङ्गारका सााग्रीहरुको कारोवार, शौन्दर्य प्रशाधनको ब्यापार, घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार, व्युटिपार्लर आदी जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुल छैन् । शेयर बजारमा गुमाउनु पर्ने छ । 

कुम्भ 
आत्माबल उच्च कायम हुने छ । दृढ व्यक्तित्वमा बृद्धि हुने छ । तर अलि रिसाहा ब्यक्तित्व हुने भएकाले झैझगडाको अवस्थाबारे संयमित रहनु नै उचित रहने छ । पेशागत जीवन शुभ नै रहने छ । आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । साझेदारीमा गरिएका कामहरु पनि औसत खालको रहने छ । औषधीको ब्यापार, मेडिकल पसल, उद्योग, कलकारखाना, ढुवानीका सवारीसाधन, ठेक्कापट्टा, छालाजन्य वस्तुको कारोवार, गाईपालन, भैसीपालकहरुलाई शुभ हुने छ । शेयर बजारबाट पनि फाइदा मिल्ने छ । 

मीन
व्यावहारिक भन्दा काल्पनिक कुराले मनमा धेरै ठाउँ पाउने छ । पेशागत जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । पेशागत जीवनका विषयले मनमा तनाव मात्रा बढाउने छ । जीवनसाथिको मद्धतसहित काम गरेमा निकै राहत मिल्ने छ । आर्थिक असन्तुलनले गर्दा सामाजिक छविमा पनि कमि आउने छ । धेरै जोखिमपूर्ण अग्रसरता लिने समय छैन् । उच्च ब्यवस्थापक, वाणिज्य, पत्रकारिता , राजनीति, बजार ब्यवस्थापन, लेखन, संचार  जगत, स्टेशनरी जस्ता पेशा ब्यवसायमा आवद्धहरुलाई समय प्रतिकुल छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement