तपाईंको राशिलाई २०८० यस्तो हुने छ, हेर्नुहोस् राशिफल

Advertisement

मेष
यस राशिका लागि भ्रमणको अवसर प्राप्त हुने छ । नेतृत्वदायी क्षमतामा बृद्धि हुने छ भने आत्मबलमा पनि व्यापक बृद्धि हुने छ । राजनीतिक क्षेत्रमा आवद्धहरुलाई यस बर्षमा केही लाभ प्राप्त हुने छ । पेशागत जीवन सकारात्मक हुने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । प्रशासनिक निकायमा रहेकाहरुलाई पनि समय शुभ रहने छ । सुख सुविधा उपभोग गर्न पाइने छ । मेहनत र पराक्रमी भावमा बृद्धि हुने छ । पितृपक्षको भने आशीर्वादको कमिले गर्दा मानसिक दबाब कायम रहने छ । पितृकार्यलाई ठीक तरीकाले निभाउनेतर्फ ध्यान दिनु वाञ्छनीय हुनेछ । विदेश यात्रामा जानेहरुलाई सकारात्मक बन्ने छ । 

वृष 
शौखिन स्वाभावमा ह्वात्तै बृद्धि हुने छ । सुख सुविधाका वस्तुहरुतर्फ विशेष ध्यान खिचिने छ । यौनजन्य गतिबिधिप्रति पनि मन बढि नै लोभिने छ । पेशागत जीवन सकारात्मक बन्ने छ । विशेषगरी निर्माण जगत र बौद्धिक क्षेत्रमा आवद्धहरुलाई लाभ प्राप्त हुने छ । राजनीतिक बृत्तमा रहेकाहरु र वाणिज्य जगतका लागि भने समय धैर्य हुनु पर्ने खालको रहने छ । हृदयरोग, मष्तिष्कसम्बन्धी समस्या, आँखाको समस्या जस्ता रोगव्याधीप्रति सजग रहनु होला । बोलीमा आउने कठोरताले परिवारमा तनाव पैदा हुने छ । धार्मिक यात्रा हुने छ । पारीवारिक सम्पत्ति वा विरासतका विषयलाई तानातानको अवस्था आउने छ । परिवारबाट टाढा रहनु पर्ने छ । 

Advertisement

मिथुन 
शुरो खालको स्वाभाव हुने छ । तर रिस नियन्त्रणमा ध्यान नदिए यही विषय समस्या बनेर आउने छ । यौनजन्य विषयमा सतर्क रहनु पर्ने देखिन्छ । शिक्षा क्षेत्र, बौद्धिक क्षेत्र, राजनीति जगत, सरकारी सेवामा रहनेहरुका लागि समय सकारात्मक रहने छ । पानीको व्यापार, मदिरा, दुग्धजन्य विषय, आयात निर्यातमा आवद्धहरुका लागि चुनौति रहने छ । मधुमेह, यौनरोग, पिसावजन्य समस्या जस्ता विषयमा सतर्क रहनु होला । चिसो, तरल र पानीजन्य पदार्थका विषयमा ख्यालठट्टा नगर्नुहोला, सतर्क रहनु होला । मनमा उदासिनताले सताउने छ ।

कर्कट 
आगो र अग्निजन्य विषयमा निकै सतर्क रहनु होला । झैझगडा जस्ता विषयबाट भौतिक चोटपटक लाग्ने चुनौति देखिएकाले सचेत रहनु बुद्धिमानी हुने छ । दाम्पत्य जीवनमा द्वन्दात्मक अवस्था आउने छ । भाग्यको साथ रहेकाले विषयवस्तुहरु नियन्त्रणको सीमा भित्र नै रहने छन् । ग्याष्ट्रिक, छाति, स्तन, मुटुजन्य विषयमा सतर्क रहनु पर्ने देखिन्छ । विलासिताका वस्तुहरुको कारोवारमा आवद्धहरुलाई लाभ मिल्ने छ । बैंकर्स, राजनीति, वाणिज्य क्षेत्रमा आवद्धहरुलाई पनि सकारात्मक रहने छ । अध्ययन तथा तालिमका लागि विदेश यात्रा सम्भव हुने छ । मजदुरजन्य विषय, भाडाका सवारीसाधन जस्ता विषयले तनाव ल्याउने छ । 

सिंह 
भाग्य बलियो रहने छ । पेशागत जीवनबाट फाइदा मिल्ने छ । मनमा दुविधाले भने छोड्ने छैन् । अनावश्यक चिन्ताले गर्दा प्रतिष्पर्धीहरुले पेल्ने छन् । बोलीको प्रभाव कायम रहँदा बिग्रन खोजेका कामहरु पनि लयमा आउने छन् । पितृको आशीर्वादको गम्भीर कमिले गर्दा मनमा अशान्ति भइरहने छ । चिन्ता र डरको शिकार हुने चुनौति भएकाले पितृ कार्यहरुमा संवेदनशिल भएर ध्यान दिनु उपयुक्त होला । पाचन प्रणाली, ग्रन्थी प्रणाली जस्ता विषयमा समस्या आउने छन् । 

कन्या 
साझेदारीमा गरिएका कामबाट लाभ मिल्ने छ । तथा साझेदारीका कार्यहरुले गति लिने छन् । दाम्पत्य जीवनमा मधुरता आउने छ भने यसले मनमा शान्ति प्रदान गर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि भए तापनि अध्ययन र बुद्धि विकासमा भने मन जाने छैन् । नेतृत्व क्षमतामा गिरावट आउँदा आर्जन भएको विश्वास गुम्ने छ । व्यवस्थापकीय क्षमतामा पनि भारी गिरावट आउने छ । राजनीतिक, प्रशासन, सरकारी सेवामा आवद्धहरुको आफ्नो भुमिकामा गिरावट  आउने छ । 

तुला 
यात्रामा समस्या आउने छ । साना–साना तनावले गर्दा यात्राको मज्जालाई बिग्रने छ । यौनजन्य विषयलाई लिएर बद्नामी र अपमानको अवस्था आउने चुनौति रहेकाले सावधानी नै उपायका रुपमा रहने छ । समयमा उपयुक्त बृद्धि आउने छैन् । जीवनसाथिको साथले ठुलो भूमिका खेल्ने छ । जीवनसाथिको सल्लाह मानेमा लाभ मिल्ने छ । मधुमेह, यौन रोग, पिसावजन्य समस्या, धातु जाने जस्ता समस्या प्रति सचेत रहनु होला । फेसन, सौन्दर्य सामग्री, विलासिताका सामग्रीको व्यापार जस्ता क्षेत्रमा आवद्धहरुले गुमाउनु पर्ने चुनौति रहेको छ ।

वृश्चिक 
पेशागत जीवनमा समस्या आउने छ । राजनीतिक भूमिका र नेतृत्व क्षमतामा पनि कमि आउने र अरुको विश्वासमा कमि आउने छ । मनोवलमा आउने कमिले आफैले आफैँलाई कमजोर आभाष लाग्ने छ । व्यक्तित्वमा आउने कमिले लघुताभाष आउने भएकाले यसबारेमा सतर्क रही मनोबल कायम राख्न ध्यान दिनु होला । बौद्धिक क्षमता र पेशागत जीवनका बीचमा तालमेल मिल्ने छैन् । दाम्पत्य जीवन हुने सुमधुर सम्बन्धले केही राहत प्रदान गर्ला । 

धनु 
परिवारमा समस्या आउने छ । एकले अर्को सदस्यलाई गर्ने विश्वासमा आउने कमिले मनमा चिसो पस्ने छ । पेशागत जीवन सन्तुलित नै रहने छ । केही नयाँ थप जिम्मेवारी प्राप्त हुने र पदोन्नति हुने छ । मेहनति र पराक्रमी भावनामा बृद्धि हुने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ भने थप अध्ययनको अवसर प्राप्त हुने छ । अनुसन्धानात्मक क्षेत्रमा रुचि बढ्ने छ । कमाएको पैसा फस्ने तथा आर्थिक लेनदेनका विषयमा मुद्धामामिला हुने तथा द्वन्दात्मक अवस्था आउने भएकाले सतर्क रहनु पर्ला ।

मकर 
देखेको कुरा र विषयमा स्पष्ट बोल्ने बानी भए तापनि यही बानीले बोली कडा भएको देखिने छ भने परिवारमा द्वन्द चर्किने छ । विदेश यात्राको अवसर प्राप्त हुने छ । पेशागत जीवनमा अनावश्यक आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । गुप्तचर निकायहरुबाट गुप्तचरी हुने छ । प्राविधिक क्षेत्रको अध्ययनमा प्रगति हुने छ । व्यवसायमा अवरोधको सामना गर्नु पर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा केही बृद्धि हुने छ । आम्दानीको हिस्सा डुब्ने छ भने घर जग्गाजन्य विषयमा मुद्धा मामिला तथा झैझगडाको अवस्था आउने छ ।

कुम्भ 
दृढताले भरिएको व्यक्तित्व हुने छ । तर रिस कडा हुने भएकाले यसले अनावश्यक कडापनाको अवस्था ल्याई दिने छ । परिवारमा मिलन हुने छ । पारीवारिक धन सम्पत्तिमा बृद्धि हुने छ र पारीवारिक विरासतबाट ठुलो लाभ मिल्ने छ । सुख सुविधाको लाभ मिल्ने छ  । नयाँ सवारीसाधन किन्ने, नयाँ घर घडेरी किन्ने विषयमा प्रगति हुने छ । न्याय क्षेत्र, कानून क्षेत्र, उद्योग कलकारखाना जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । राम्रो हुँदाहुँदै पनि भाग्यले साथ नदिएको जस्तो आभाष मनमा भइरहने छ । अनावश्यक चिन्ता र सुर्ताले मनमा डेरा जमाउने छ । विदेश यात्रामा जाने क्रममा पैसा फस्ने वा द्वन्दको अवस्था आउने छ । अध्ययन वा तालिमका लागि विदेश यात्रा भने सफल हुने छ । 

मीन
बौद्धिक व्यक्तित्व बन्ने छ । विदेश यात्राको अवसर प्राप्त हुने छ । धन धान्यको अवस्थामा बृद्धि भए पनि कमाईको हिस्सा अस्पतालजन्य विषयमा खर्च हुने छ । तल्लो पेट, जोर्नी, प्रसुतिजन्य विषयका रोगले सताउने छ । आम्दानीतर्फ मन केन्द्रीत भए तापनि सोचे जस्तो कमाई हुने छैन् । जीवनसाथिको साथले परिवारमा ठुलो अर्थ राख्ने छ । तर पुरुष मान्यजनहरुसँग सम्बन्धमा कटुता रहने छ । नयाँ घर घडेरी किन्ने मौका मिल्ने छ । अनुहार र आँखामा चोटपटकको चुनौति रहेकाले सतर्क रहनु होला ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement