आज (वैशाख ४)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल वैशाख महिनाको ४ गते सोमबार, वैशाख कृष्णपक्षको द्वादशी तिथि ।

मेष 
स–सानो विषयमा पनि धेरै मानसिक तबाबको महशुस हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउँदा प्रतिष्पर्धीहरुले हेप्ने छन् । साना–साना बिषयमा पनि धेरै अवरोधहरुको सामना गर्नु पर्ने छ । आफ्नो पेशाप्रति निरन्तर क्रियाशिल भइरहन भने मन लाग्ने छ । शेयर बजारमा फाइदा हुने छैन् । 

Advertisement


वृष
विगतका स्मरणहरुले वर्तमानको कार्यसम्पादनलाई निरुत्साही पार्ने छ । पेशागत जीवनमा नकारात्मक परिस्थितिको सामना गर्नु पर्ने छ । भाग्यको साथ नभएकाले गरेका कामहरु सफल नहुँदा मनमा असन्तोष र निराशा भावले पेल्ने छ । मनोबल कायम राख्न ध्यान दिनु होला । शेयर क्षेत्र औसत रहने छ ।

मिथुन 
बोलीको प्रभावमा केही बृद्धि हुने छ । साझेदारीमा गरिएका काममा प्रगति हुने छ । जीवनसाथिको साथले धेरै राहत मिल्ने छ । परिवारिक जीवनमा मधुरताका क्रम देखा पर्ने छ । आर्थिक लाभ हुने छ भने डुबेको धन पनि उठ्ने छ । यात्रामा जाने अवसर प्राप्त हुने छ । शेयर बजारबाट पनि लाभ मिल्ने छ ।

कर्कट
नरम खालको व्यक्तित्व हुँदा अरुले सहजता महशुस गर्ने छन् । पेशागत जीवनबाट लाभ प्राप्त हुने छ । परिवारबाट साथ र समर्थन प्राप्त हुने छ । बोलीमा मिठासपना देखिँदा अरुले विश्वास गर्ने छन् । धन सम्पत्तिमा सुधार आउने छ । अड्केका काम फत्ते हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

सिंह
आत्मविश्वासीपनामा कमि आउँदा अरुले कमजोर व्यक्तित्वका रुपमा लिने छन् । पेशागत जीवन भने औसत रहने छ । सामाजिक छवीमा गिरावट आउँदा परिवारमा पनि तनाव आउने छ । मनमा धेरै विचारहरु एक साथ आउँदा अन्योलताको मात्रा पनि ह्वात्तै बढ्ने छ ।  आम्दानी मध्यम रहने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

कन्या
बौद्धिक क्षेत्रमा प्रगति हुने छ । बाठोखालको व्यक्तित्व हुने हुँदा लाभ मिल्ने छ । पेशागत जीवनमा सुधारहरु आउने छ ।  तर साझेदारीमा गरिएका काममा भने जटिलताहरु देखिने छ । मानसिक रुपमा दृढताको विकास हुन थाल्ने छ । यात्रामा रमाईलो हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

तुला
दृढ खालको व्यक्तित्व हुने हुँदा प्रतिष्पर्धीहरु पनि डराउने छन् । बोलीमा भने अनावश्यक कडापना देखिने छ । साझेदारीमा गरिएका कामहरुबाट लाभ प्राप्त हुने छ, हौसला मिल्ने छ । दाम्पत्य जीवनमा प्रेम बढ्ने छ । तर परिवारका अरु सदस्यहरुसँग भने द्वन्दको परिस्थिति आउने छ । शेयर बजार प्रतिकुल रहने छ ।

वृश्चिक
राम्रो अवस्थामा पनि मनमा सुख सन्तोषको अभाव हुने छ । पेशागत जीवन भने मध्यम अवस्थाबाट अघि बढ्ने छ । साझेदारीमा गरिएका कामहरुमा कठिनाईहरु उत्पन्न हुने र बादबिबाद देखिने छ । विदेश यात्राको अवसर आउने छ । अध्ययनमा नयाँ जोश आउने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

धनु 
दृढ खालको व्यक्तित्व हुँदा हुँदै पनि साह्रै नै कडा खालको स्वाभावले झगडाको अवस्था आउने छ । पेशागत जीवनमा हल्का सुधार आउने छ । साझेदारीमा गरिएका काममा भने समस्याहरु ज्यँुका त्यूँ रहने छन् । परिवारको साथले कामहरु अघि बढ्न निकै मद्धत पुग्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

मकर 
आफुले विश्वास गरेकाहरुले साथ र समर्थन गर्ने छन् । चलाखीपनामा पनि बृद्धि हुँदा फाइदा हुने छ । आँटेका कामहरु पुरा हुने छन् । प्रगतिका शुभ खवर प्राप्त हुने छ । बोली भने अलि कडा खालको हुने छ । मित्र लाभ हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

कुम्भ 
नरमखालको व्यक्तित्व हुने भएकाले अरुले भरोसा गर्ने छन् । पेशागत जीवनमा केही सकारात्मक अवस्था आउने छ । प्रभावकारी बोली हुने हुँदा अरुको मन जित्न सकिने छ । आर्थिक लाभ मिल्ने छ तर खर्च पनि बढ्ने देखिन्छ । मित्रहरुका बीचमा सम्मान बृद्धि हुने छ । शेयर बजार प्रतिकुल रहने छ ।

मीन
आफुले सँहालेको जिम्मेबारी निष्ठापूर्वक निभाउनेतर्फ भन्दा अनेक कुरामा मनका तरङ्ग जाने छन् । बौद्धिक, प्राज्ञिक तथा धार्मिक क्षेत्रमा संलग्नहरुलाई मन केन्द्रीत हुने छैन् । आफ्नो जीवनप्रति अलि निराशा र बैराग्य भावको मात्रा बढ्न पुग्ने छ । पेशागत जीवनमा सोचे जस्तो लाभ मिल्ने कठिन हुने छ । परिवारमा पनि तनावपूर्ण वातावरण हुने छ । शेयर बजार प्रतिकुल रहने छ ।

गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement