आज (वैशाख ६)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल वैशाख महिनाको ६ गते बुधबार, वैशाख कृष्णपक्षको चतुर्दशी तिथि ।

मेष 
पेशागत क्षेत्रबाट आम्दानीमा हल्का बृद्धि हुने छ । तर पेशागत जीवन झैझगडाको अवस्थाको क्षण भने आउने छ । शारीरिक र मानसिक थकान धेरै देखा पर्ने छ । परिवारका सदस्यहरुका बीचमा असमझदारी आउने छ । अनावश्यक वादविवादमा फसिने अवस्था आउने छ । शेयर कारोवारबाट लाभ मिल्ने छैन् । 

Advertisement

वृष
पेशागत क्षेत्रमा धेरै जोखिमले भरिएका कदमहरु भन्दा नियमित रुपमा अघि बढ्नु उपयुक्त हुने छ । भाग्यका कारण पेशागत क्षेत्रमा शुभ हुन खोजेता पनि बढि उत्साही हुने बेला छैन् । बोली प्रभावहिन हुन पुग्ने छ । स–सानो विषयलाई पनि धेरै संवेदनशिल दृष्टिबाट लिने हुनाले छिट्टो निराशाका भावहरु मनमा देखा पर्ने छन् । शेयर क्षेत्र औसत खालको बन्ने छ । 

मिथुन 
मनमा अकस्मात धेरै उत्साही र धेरै निराशको भावमा परिवर्तन भइरहने छ । पेशागत क्षेत्रमा उचारचढावको अवस्था आउने भएकाले धेरै जोखिपूर्ण कदममा नजानु ठिक हुने छ । घर, घडेरी तथा गाडि, बाहन बेच्नु पर्नेहरुलाई लाभ मिल्ने छ । परिवारमा भरोषा बढ्ने छ । शेयर कारोवारबाट फाइदा मिल्ने छ । 

कर्कट
कमाईमा केही बृद्धि हुन पुग्ने छ । भाग्यको बलियो साथ रहेकाले पेशागत जीवन स्थिर रहने छ । पेशाप्रति समर्पित भई काम गर्न मन लाग्ने छ । प्रभावकारी बोली हुने छ । मनमा दुविधाका क्रम धेरै देखा पर्दा निर्णय क्षमतामा भने गिरावट आउने छ । शेयर कारोवारबाट फाइदा मिल्ने छ । 

सिंह
व्यावसायबाट आर्थिक लाभ बढ्ने छ । पेशागत क्षेत्रमा स्थिरता उत्पन्न हुने छ । परिवारमा भने असमझदारी देखा पर्ने छ । बाठो तथा आत्माबलले भरिएको दृढ खालको व्यक्तित्व बन्ने छ । बोलीको प्रभावले गर्दा आँटेका कामहरु बन्ने छन् । शेयर क्षेत्र केही अनुकुल बन्ने छ ।

कन्या
पेशागत जीवनमा अवरोधहरु धेरै आइ पर्ने छन् । भाग्यको साथ नभएकाले धेरै जोखिमपूर्ण कदमहरुमा नजानु नै उपयुक्त हुने छ । समय संयमित रहि पाइला चाल्नु पर्ने खालको छ । मनोबलको कमि हुने छ । शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्ने छन् । शेयर कारोवारबाट लाभ मिल्न सक्ने छैन् । 

तुला
पेशागत क्षेत्रमा स्थिरता प्राप्त हुने छ । चतुर खाले व्यक्ति हुने छ । कमाईमा बृद्धि हुन जाने छ । बाणिमा अस्वाभाविक कडापन देखा पर्ने भएकाले सतर्क रहनु होला । पारीवारिक जीवनमा झैझगडाको अवस्था आउने छ । शारीरिक कमजोरीले सताउने हुँदा मनोबलमा कमि गराउने छ । शेयर कारोबार प्रतिफलदायी रहने छैन् । 

वृश्चिक
पेशागत क्षेत्रबाट फाइदा प्राप्त भए पनि बोलीको अविश्वास देखिने छ । व्यावसायिक जगतमा रहेकाहरुलाई पनि फाइदा हुने समय रहेको छ । साझेदारीमा गरिएका काममा भने असमझदारी देखा पर्न जाने छ । सुख सुविधा प्राप्तिका लागि अग्रसत हुने उत्साह जाग्ने छ । रिस नियन्त्रण गर्ने प्रयास गर्नु पर्ने देखिन्छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् ।

धनु 
पेशागत र व्यावसायिक जीवनमा धेरै जोखिमका क्षेत्रमा अघि बढ्नु भन्दा निरन्तरतामा ध्यान दिँदा उपयुक्त हुने छ । विदेश यात्रा सहज हुने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट आडभरोसा प्राप्त हुने छ । बौद्धिक व्यक्तित्वमा बृद्धि हुने छ तर प्रतिष्पर्धात्मक क्षमतामा भने गिरावट आउने छ । शेयर कारोवारबाट लाभ मिल्ने छ । 

मकर 
आम्दानीमा केही बृद्धि हुने छ । पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुने छ । तर धेरै जोखिमपूर्ण कदमहरु भन्दा निरन्तरतामा जाँदा ठिक हुने छ । बोली प्रभावकारी बन्ने छ, यसले कार्य सफलतामा सहयोगी बन्ने छ । मनमा दुविधाहरुका क्रम विद्यमान रहने छ । शेयर कारोवार औसत रहने छ । 

कुम्भ 
पेशागत क्षेत्रमा जोखिमपूर्ण अवस्थाबाट गुज्रनु पर्ने छ । बादबिबादको क्रमले गर्दा पारीवारिक जीवनमा समेत तनावको अवस्था निम्तिने छ । तर जीवनसाथिको अविरल साथले निकै मद्दत मिल्ने छ । शारीरिक कमजोरीले दुःख दिने छ । जसले गर्दा मनोबलमा कमि आउने छ । शेयर कारोवार चुनौतिपूर्ण देखिन्छ ।

मीन
पेशागत जीवन स्थिर खालको रहने । तर मनमा निराशाका भावले सताउँदा दुविधाका मात्रा बढ्ने छन् । बाहिरबाट हेर्दा अरुले आँटिलो खालको व्यक्तित्व अभाषा भने गर्ने छन् । रिस नियन्त्रणमा ध्यान दिनु होला । झै–झगडामा संलग्न हुने वा हुनु पर्ने समय सक्रिय रहेकाले संयमित रहनु नै उपयुक्त हुने छ । शेयर कारोवारबाट लाभ मिल्ने छैन् । 

गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement