दबाब बढेपछि नेपालमा बनेको विद्युतीय सवारी साधन ‘यात्री’ दर्ता गर्न सरकार तयार

Advertisement

काठमाडौं । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी साधन दर्तासम्बन्धी कानुनी व्यवस्था गरेको छ।

बिहीबार सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यस्तो नेपालमा बनेको सवारी साधन दर्ताको बाटो खोलेको हो । नेपालमा बनेको दुई पांग्रे विद्युतीय सवारी साधन ‘यात्री’ दर्ता गर्न सरकारले आनाकानी गरेपछि जनस्तरबाट चर्को दबाब र आलोचना भएको थियो । 

Advertisement

यो कानुनी व्यवस्थासँगै अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक पर्ने छैन् ।

त्यस्तै, नेपालमा जडान हुने वा उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतमा जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानुनबमोजिम अन्तः शुल्क तिरेको प्रमाण पेश गर्नुपर्ने हुन्छ।

विभागले  यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गर्दै नेपाली सवारी साधन दर्ताको बाटो खोलेको हो । यसअघि सोही निर्देशिकाले सवारी दर्ताका लागि भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरेको थियो।

Advertisement

Advertisement