नेपालमै कागजजन्य उद्योग फस्टाओस भन्ने सरकार नै चाहान्नः व्यवसायी लामिछाने

Advertisement

काठमाडौं । वीरगञ्जका सज्जन लामिछाने ‘नेपाल पेपर ब्याग उद्योग’का सञ्चालन हुन् । कागजका ब्याग (झोला) उत्पादन गर्दै आएका उनले आफ्ना उद्योगमा महिलाहरुलाई रोजगारीको अवसर प्रदान गर्दै आएका छन् । 

हेटौंडा र वीरगञ्जमा पनि शाखा सञ्चालन गर्दै आएका लामिछानेले दुवैतर्फ १२ जनालाई रोजगारी दिएका छन् । आठ लाख रुपियाँ लगानीमा उनले यो व्यवसाय सुरु गरेका हुन् । लामिछाने भन्छन्, ‘मैले जस्तो पेपर व्याग उद्योग सञ्चालन गर्न ठूलो लगानी आवश्यक पर्दैन् । अहिले त चार लाख रुपियाँ लगानीमा नै यस्तो उद्योग सुरु गर्न सकिन्छ ।’

Advertisement

व्यवसायी लामिछानेले विगत पाँच वर्षदेखि कागजका विभिन्न आकार प्रकारका ब्याग उत्पादन गर्दै आएका  छन् । उनले यस्ता ब्याग अनलाइन तथा खुद्रा बिक्री गर्छन् । अनलाइनबाट समेत बिक्री गर्ने भएकाले लामिछानेको उत्पादन सबै जिल्लासम्म पुगिसकेको छ । 

आफूहरुले ग्राहकको माग र आवश्यकता अनुसारका पेपर ब्याग उत्पादन गर्ने गरेको सुनाउँदै लामिछानेले नेपालमा पेपर ब्यागको चल्ती अन्य देशमा जस्तो अझै नआएको बताए । पेपर ब्याग पिसको आधारमा बिक्री हुन्छ । प्लाष्टिकको ब्यागभन्दा पेपर ब्याग केही महंगो पर्ने भए पनि पेपर ब्याग प्रयोग गर्दा र बोक्दाका फाइदा तथा इज्जत अर्कै हुने उनको भनाई छ । 

‘नेपाल पेपर ब्याग उद्योग’बाट उत्पादित ब्याग १२ रुपियाँदेखि एक सय रुपियाँसम्म बिक्री हुन्छ । लामिछानेले यस व्यवसायबाट मासिक ३० देखि ५० हजार रुपियाँ आम्दानी गर्नेगर्छन् । उनको उद्योगबाट दिनमा पाँच सयदेखि एक हजार पिस विभिन्न आकारका ब्याग उत्पादन हुने गर्दछ । लामिछानेले पेपर ब्याग उत्पादनका लागि नेपालमै रहेको लुम्बिनी उद्योगबाट कच्चा पदार्थ ल्याउने गरेका छन् । 

कोरोनापछि पेपर ब्यागको बजार सुस्त  र उत्पादन पनि कम भएको उनले सुनाए । उधारोमा सामान लगेको स्थानबाट पैसा उठाउने समस्याबाट पीडित भएका व्यवसायी लामिछाने अहिले खासै नाफा नभए पनि भविश्यमा राम्रो हुने आशामा उद्योगलाई निरन्तरता दिएको बताए । 

नेपालमा पेपर ब्याग उत्पादन निकै सम्भावना भएको व्यवसाय हो भन्दै उनले वातावरण प्रदुषण पनि नहुने यस्ता ब्याग उत्पादनलाई सरकारले केही प्रोत्साहन गर्ने हो भने धेरै लगानी विस्तार हुने बताए । 

देशको अहिलेको आर्थिक संकटबाट साना व्यवसायीभन्दा ठूला मारमा परेका लामिछानेले बताए सरकाले व्यवसाय गर्न ऋणमा केही सहुलियत दिए धेरै राहत मिल्ने उनले बताए । लामिछानेले नेपालमा कागज उद्योगको विकास जरुरी रहेको बताए । सरकारी स्वामित्वको गैंडाकोट कागज कारखाना बिक्री गरेपछि अहिलेका ठूला दलहरुको चर्को आलोचना हुने गरेको छ । उक्त कारण ठूलो मात्रामा कागज विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । 

Advertisement

Advertisement