आज (वैशाख १५)को राशिफलः तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल वैशाख महिनाको १५ गते शुक्रबार, वैशाख शुक्लपक्षको अष्टमी तिथि ।

मेष 
भाग्य बलियो भएकाले नकारात्मक परिस्थितिसँग जुध्न सक्ने मनमा दृढता हुने छ । परिवारको साथबाट सुख, शान्तिको अनुभुति हुन जाने छ । परिवारका सदस्यहरुले तपाईप्रति विश्वास गर्ने छन् । तर सोचमा भने नकारात्मकताले स्थान पाउने छ । सकारात्मक दृष्टिकोण कम नकारात्मक विचार बढि हुन पुग्ने छ । शारीरिक थकानका कारण मांसपेशिहरुको कमजोरी देखा पर्ने छ । घर जग्गाको कारोवार, सुरक्षा फौज, सेना, सेक्युरिटी पेशा, खेल जगत, जिमखाना संचालन, होटल, रेष्टुरेण्ट आदी जस्ता क्षेत्रमा सहभागिहरुलाई समय प्रतिकुल रहेको छ । 

Advertisement

वृष 
अध्ययन अध्यापनमा तिब्र मन जाने छ । भित्रि बुद्धि सक्रिय हुने छ भने चलाखीपनामा पनि तिब्रता आउने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । तर जति नेतृत्वदायि अपेक्षा गरिएको हुन्छ उक्त क्षमतामा भने गिरावट आउने छ । ब्यवस्थापन क्षमतामा पनि कमि आउने भएकाले यसबारेमा निकै ध्यान दिनु होला । आम्दानीका विषयमा लिइएको लक्ष्य वा सोच पुरा हुने छैन् । जीवनसाथिको साथसहित काम गरेमा प्रगति हुने छ । गरगहरनाको ब्यापार, व्यवस्थापन, राजनीति, लेखन, पत्रकारिता, प्रकाशन, वाणिज्य, बैंकिङ्ग जस्ता क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल छ ।

मिथुन 
संयमित रहेर अघि बढ्नु होला । मनमा दुविधा र अत्याधिक बढि विचारहरु आएर अन्योलतामा पारि दिने छ । दाम्पत्य जीवनमा पनि कठिनाई र बिबाद चर्किने छ । साझेदारीमा गरिएका काममा पनि अवरोधहरु आउने छन् । पेशागत जीवनमा शत्रुता बढ्न पुग्ने छ । आम्दानीमा ह्रास आउने छ । सरसापटीको कारोवार गर्दा निकै ध्यान दिएर मात्र गर्नु होला । वाणिज्य क्षेत्र, ब्यवस्थापन, पत्रकारिता, मेडिकल क्षेत्र आदीमा सहभागिहरुलाई भने समय अनुकुल बन्ने छ । 

कर्कट
पारीवारिक मिलन हुने छ । परिवारको साथ रहनाले कठिन अवस्थाहरुमा पनि संहालिन सक्ने तागत आउने छ । दृढ खाले ब्यक्तित्व हुने छ तर रिस पनि उत्तिकै उठ्न जाने भएकाले यसबारेमा संयमित हुनु होला । प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । पेशागत जीवनमा द्वन्द देखा पर्ने छ । आम्दानीमा पनि कमि आउन जाँदा यसले आर्थिक ब्यवस्थापनमा दबाब सृजना गरिदिने छ । ठेक्कापट्टा, छालाजन्य कारोवार, फोहर ब्यवस्थापन, फलाम, उद्योग कलकारखाना, निर्माण क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल बन्न पुग्ने छ । 

सिंह
चतुर खालको ब्यक्तित्व हुने छ । ब्यक्तित्वको प्रभाव बढ्न जाँदा सबैको साथ र समर्थन मिल्ने छ । पेशागत जीवनमा प्रगति हुने छ । जीवनसाथिको साथ लिएर काम गरेमा प्रगतिको मात्रा अझ बढ्ने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । शत्रु भने धेरै लाग्ने छन् । अर्थात प्रतिष्पर्धी धेरै बन्न पुग्ने छन् । बोलीको प्रभावमा कमि आउने छ । सात्विक क्षेत्र, अध्ययन अध्यापन, दार्शनिक तर्क वितर्क, लेखन, प्रवचन, परामर्श, शिक्षा क्षेत्र, बौद्धिक पेशा जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने छ । 

कन्या
भाग्य बलियो रहेको छ । पेशागत जीवनमा महत्वपूर्ण जिम्मेबारी संहाल्नु पर्ने समय छ । उद्योग प्रतिष्ठान तथा कार्यालयमा श्रम समस्या गम्भीर बनेर देखा पर्ने छ । कार्यालयमा रोजगारी गर्नेहरुले आफु भन्दा तलका कर्मचारीसँग भने सतर्क रहनु होला । मनोबल उच्च हुने भएकाले दृढ ब्यक्तित्व हुने छ । तर रिस भने अत्याधिक कडा खालको हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । जीवनसाथिको सल्लाह लिएर काम गरेमा फाईदा मिल्ने छ । छालाजन्य कारोवार, श्रम क्षेत्र, ठेक्कापट्टा, औषधीको कारोवार, गरगहनाको ब्यापार, न्याय क्षेत्र, प्रशासन, राजनीति आदीमा सहभागिहरुलाई समय प्रतिकुल रहेकाले संयमित रहनु होला । 

तुला
पेशागत जीवनमा प्रगति हुने छ । कामको कदर हुने छ । जीवनपद्धतिमा सहजता आउन थाल्ने छ । भाग्यको साथ रहेकाले आम्दानीमा पनि बृद्धि हुने छ । तर साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु दखा पर्न थाल्ने छ । आत्माबल उच्च हुने छ । योसँगै रिसाहा ब्यक्तित्व हुने भएकाले यसबारेमा ध्यान दिनु होला । अरुले कडा शैलीको ब्यक्तित्व भएको आभाष हुने छ । आयात निर्यात, लेखा व्यवसाय, चार्टड एकाउन्टेण्ट, उद्योग, कलकारखाना, ढुवानीका सवारीसाधन, औषधीको आपूर्ति आदीमा संलग्नहरुलार्य समय शुभ रहेको छ । 

वृश्चिक
समय सकारात्मक रहेको छ । आम्दानीमा बृद्धि हुने छ । मान सम्मान र कीर्ति प्राप्त हुने छ । मनोकामना पुरा हुनेतर्फ जाने छ ।  पेशागत जीवनमा पनि सकारात्मक अवस्था रहने छ । बोली प्रति विश्वास बढ्ने छ । भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरुमा जोश र जाँगर पैदा हुने छ । दुध, पानी, पेय पदार्थ, मदिरा, गाईपालन, बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालय, शिक्षा क्षेत्र, अध्ययन अध्यापन आदीमा सहभागिहरुको आम्दानी बृद्धि हुने छ । 

धनु 
अध्ययन अध्यापनमा पटक्कै मन लाग्ने छैन् । मनमा दुविधा र अन्योलता देखा पर्ने छ । उदासिनताले डेरा जमाउने छ । अनावश्यक खर्च गर्नै पर्नै अवस्था आउने छ, खासगरी अस्पतालजन्य खर्च बढ्न पुग्ने छ । भाग्यको साथ नभएकाले संघर्ष धेरै गर्नु पर्ने छ । जीवनसाथिको सल्लाह लिएर कार्य अघि बढाएमा सफलताको मात्रा बृद्धि हुने छ । संयमित भएर पाईला चाल्नु पर्ने समय रहेकाले संयमतासहित हिड्नु पर्ने बेला छ । रोजगारी गरिरहेकाहरुलाई समय औसत रहेता पनि ब्यवसाय गरिरहेकाहरुलाई समय प्रतिकुल बन्न पुग्ने छ । 

मकर 
समय प्रतिकुल खालको चलिरहेको छ । मनमा अत्याधिक उदासिनता देखा पर्ने छ । मनमा निराशा भावले पिरोल्ने छ । रोजगारी तथा तथा व्यवसायमा समस्याहरु देखा पर्न थाल्ने छन् । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । सन्तानबाट पनि सुख प्राप्त हुने छैन् । समय प्रतिकुल रहेकाले गर्न खोजेको काममा निकै ढिला गरि मात्र नतिजा प्राप्त हुने छ । अध्ययन, अध्यापन, शिक्षा क्षेत्र, शिक्षक, विद्यालय, कलेज, स्टेशनरी, लेखन, प्रेस जगत, होटल, रेष्टुरेण्ट, आदीमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको छ । 

कुम्भ 
साझेदारीमा गरिएका काममा केही प्रगतिहरु देखा पर्ने छन् । दाम्पत्य जीवनमा हल्का मधुरता छाउने छ । आम्दानी गर्नु पर्दछ भन्ने मनोबलमा ब्यापक बृद्धि हुन पुग्दा आम्दानी बढाउन अग्रसता लिने ब्यक्तित्व हुने छ । पेशाप्रति समर्पित हुने र मेहनत गर्न मन लाग्ने छ । हाकिमसँग तादम्यता कायम हुने छ । वाणिज्य, बजारीकरण, राजनीति, ब्यवस्थापन, संचारकर्मी, पत्रकारिता, सञ्चार क्षेत्र, ब्यापार विजनेश आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने समय सक्रिय छ । 

मीन
मेहनत र पराक्रमी भावमा ह्वात्तै कमि आउने छ । संयमित रहनु पर्ने समय सक्रिय छ । पेशागत जीवनमा बादबिबाद तथा तानातानमा फस्ने पुगिने छ । भाग्यको साथ नरहेकाले मेहनत धेरै तर फल निकै कम मात्र प्राप्त हुने छ । शत्रुतामा बृद्धि हुन जाने भएकाले हरदम यसबारेमा संयमित भएर पाईला चाल्नु होला । रोजगारी गरिरहेकाहरुलाई समय औसत छ भने ब्यवसाय गरिरहेकाहरुका लागि भने समय प्रतिकुल बन्न पुगेको छ । वाणिज्य, ब्यवस्थापन, राजनीति, ठेक्कापट्टा, गरगहनाको ब्यापार, पत्रकारिता, स्टेशनरी जस्ता क्षेत्रमा कार्यरतहरुलाई सतर्क रहनु पर्ने समय छ । 

गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement