आज (वैशाख १८)को राशिफलः तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल वैशाख महिनाको १८ गते सोमबार, वैशाख शुक्लपक्षको एकादशी तिथि । आज मोहिनी एकादशी । साथै आज श्रमिक दिवस ।

मेष 
प्रतिष्पर्धात्मक क्षमतामा सवलता आउने छ । पेशागत जीवन र ब्यवसायिक जीवनमा उल्झनहरु बढ्ने छन् । आम्दानीमा हुने बृद्धिले ब्यक्तित्वमा निखारता आउने छ । तर आक्रोशले भरिएको स्वाभावमा आउने क्रमले अनावश्यक लफडामा पर्ने खतरा देखिन्छ । 

Advertisement

वृष 
साझेदारीमा गरिएको ब्यापार विजनेशमा सफलता प्राप्त हुने छ । बोलीमा अस्वाभाविक कडापन आउने भएकाले बोली अघि सारि काम गर्नु पर्ने क्षेत्रका ब्यक्तिहरु संयमित हुँदा उपयुक्त हुने छ । भाग्यको दरिलो साथ रहने छ । 

मिथुन 
व्यापार व्यवसायबाट फाइदा मिल्ने छ । खासगरी बौद्धिक क्षेत्रमा आधारित व्यवसाय जस्तै न्याय क्षेत्र, शिक्षा जगत, वकालत, परामर्श दिने क्षेत्रमा कार्यरतहरुलाई फाइदा मिल्ने छ । त्यसैगरी ठेक्कापट्टा, घर घडेरी, जस्ता क्षेत्रमा लागेकाहरुलाई पनि फाइदा हुने छ । दाम्पत्य जीवतमा विश्वास बढ्ने छ । मित्रहरुको साथले उर्जा मिल्ने छ ।

कर्कट
साझेदारीमा गरिएका कार्यहरु सकारात्मक रहने छन् । पारिवारिक सदस्यहरुका बीचमा मिलन हुने छ । मानसम्मान प्राप्त हुने छ । भाग्यको साथ नरहनाले कार्य सफलता प्राप्त गर्न सामान्य भन्दा ढिलाई हुने छ । जसरी पनि कमाई गर्नु पर्दछ भन्ने विचारले गैरकानूनी क्षेत्रमा संलग्न गराइ दिने खतरा भएकाले संयमित रहनु होला । 

सिंह
प्रतिष्पर्धात्मक स्वाभावमा भने बृद्धि हुन पुग्ने छ । जोखिमले भरिएका पेशागत कर्मबाहेक सामान्य पेशमामा आवद्धहरु सतर्क भएर आफ्नो कार्यलाई संहाल्दा उपयुक्त हुने छ । दाम्पत्य जीवनमा असमझदारी बढ्ने भएकाले शान्त भावमा व्यवहार गरेमा उत्तम हुने छ । 

कन्या
आम्दानी भन्दा खर्च बढ्ने छ । अर्थात नगरी नहुने बध्यात्मक खर्च गर्नै पर्ने अवस्था आइ र्ने छ । बोलीको प्रभाव कम हुने भएकाले मार्केटिङ्ग, रिसेप्सनिष्ट, कार्यक्रम संचालक, जनसम्पर्क क्षेत्रमा संलग्नहरुले सतर्क भएर अघि बढ्दा उत्तम हुने छ । 

तुला 
धन सम्पत्तिको विषयलाई लिएर पारीवारिक सदस्यहरुबीच बादबिबाद हुन पुग्ने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ जसले आम्दानीमा पनि बृद्धि गराउने छ । जीवनसाथिको साथले भाग्यमा अभिबृद्धि हुने भएकाले आफ्नो काममा जीवनसाथिलाई स्थान बढाएमा उत्तम हुने छ ।

वृश्चिक
समय अलि नकारात्मक रहेकाले संयमित भएर अघि बढ्दा उत्तम हुने छ । सकारात्मक भन्दा नकारात्मक विचारले स्थान पाउने छ  । तर भाग्य प्रबल भएकाले पेशागत जीवनमा भने सन्तोषजनक अवस्था रहने छ । घर जग्गा, रेष्टुरेण्ट जस्ता पेशामा आवद्धहरुलाई कठिनाई आउने छन् । 

धनु 
बोलीमा कडापन हुने भएकाले बाणिमा संयमता अपनाउनु होला । धन सम्पत्तिमा भने बृद्धि हुने छ । मानसम्मान तथा प्रतिष्ठा प्राप्त हुने छ । भाग्यले त्यत्ति साथ नदिने भएकाले मेहनतको मात्रा बढाउँदा प्रतिफल थोरै भए पनि बढाउन सकिने छ । 

मकर 
प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । पारीपारिक मिलनको अवसर प्राप्त हुने छ । ब्यक्तित्वमा दृढपना बढ्ने छ तर यससँगै अत्याधिक घमण्डिपनामा पनि बृद्धि हुने भएकाले यसबारेमा संयमित नरहे क्षतिको अवस्था आउने छ । 

कुम्भ 
निर्णय क्षमतामा बृद्धि हुने छ । प्राप्त जिम्मेबारीको भुमिका निर्वाह गर्न सफलता प्राप्त हुने छ । जिम्मेबारीसहित थप नेतृत्व गर्ने अवसर प्राप्त हुने छ । पारीवारिक सम्पत्तिका विषयमा विवाद बढ्न जाने छ । पेशागत जीवनमा भने कार्य मूल्यांकन हुने छ । 

मीन
साझेदारीमा गरिएका ब्यवसायमा बादबिबाद उत्पन्न हुने छ । भित्रि बुद्धिको सक्रियता बढ्न जाने छ भने यसले ब्यवस्थापकीय क्षमतमा पनि बृद्धि गर्ने छ । पारीवारिक जीवनमा मधुरता थपिने छ भने यसले पारीवारिक धन सम्पत्तिमा बृद्धि गर्ने छ । 

गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement