आज (वैशाख २२)को राशिफलः तपाईंको आर्थिक तथा व्यवसायिक पक्ष कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल वैशाख महिनाको २२ गते शुक्रबार, वैशाख शुक्लपक्षको पूर्णिमा तिथि । आज चण्डीपूर्णिमा । आज बुद्ध जयन्ती तथा कूर्म जयन्ती तथा गोरखनाथ जयन्ती । आज उभौली पर्व पनि रहेको छ । 

मेष
मनमा भाग्यहिनता लाग्ने छ र कार्यसफलतामा ढिलाई हुने छ । राम्रो गर्न खोज्दा खोज्दै पनि अपजस आउने छ । नतिजा थोरै प्राप्त हुँदा जाँगरको अभाव हुने छ । धोकाको अवस्था रहने भएकाले विचार गरेर मात्र विश्वास गर्नु राम्रो होला । परिवारमा झैझगडा बढ्ने छ ।

Advertisement

वृष
आर्थिक जीनमा बृद्धि हुने छ । चालेका कदमहरु सकारात्मक हुने छन् । मित्रहरुको साथले गर्दा सामुहिकता उत्पन्न हुने छ । पेशागत जीवन औसत खालको हुने छ । बोली रुखो हुने भएकाले ध्यान दिनु होला । 

मिथुन 
व्यवाहारिक भन्दा काल्पनिक विषयले मनमा डेरा जनमाउने छ । तर सृजनशिल सोच भने सकारात्मक नै रहने छ । कार्यसफलता मिल्ने छ । मनोबल उच्च भएको र दृढताले भरिएको छवि बन्ने छ । परिवारमा प्रेम र सहयोगि वातावरण बन्ने छ । पेशागत जीवन सकारात्मक नै रहने छ । 

कर्कट
आर्थिक लाभ प्राप्त हुने छ । पेशागत जीवन औसत खालको रहने छ । नयाँ नयाँ काम गर्ने जोश जाँगर र अवस्था आउने छ र सफलता पनि मिल्ने छ । पारीवारिक वातावरण द्वन्दग्रस्त रहने छ । मनमा केही उदासिनताका मात्रा विद्यमान रहने छन् । 

सिंह
आर्थिक पक्ष सवल रहने छ । मित्रहरुको साथ र भरोषाले नयाँ नयाँ कामहरु आरम्भ हुने छन् । नसोचेको क्षेत्रबाट कार्यको अफर आउने छ । नयाँ पोशाक लगाउन पाइने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । झैझगडाको वातावरणबाट बच्ने प्रयास गर्नु नै ठिक हुने छ । पेशागत जीवन औसत खालको रहने छ । 

कन्या
गम्भीर आरोप खेप्नु पर्ने छ । धन सम्पत्ति नोक्सान हुने छ । धन माल चोरी तथा लुटपाट ुहने जोखिम देखिएकाले सतर्क रहनु होला ।  आर्थिक घाटा व्योहर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । परिवारको साथले मनोबल कायम रहने छ । बिगतका विषयमा मनमा पश्चाताप आउने छ । 

तुला
आम्दानी भन्दा खर्च असाध्यै बढ्ने छ । पेशागत जीवनमा उत्साह जाग्ने छ । तर मनोबल कमजोर हुने हुँदा निर्णय क्षमतामा भने दुविधा उत्पन्न हुन जाने छ । विश्वास गरेका साथिहरुबाट प्राप्त मनोबलले निकै मद्धत पुर्याउने छ । स्वास्थ्यमा केही समस्या आउने छ ।

वृश्चिक
उत्साह र उमङ्ग कायम रहने छ । आँटेका कुराहरु सकारात्मक बन्ने छन् । पेशागत जीवन सकारात्मक बन्ने छ । आर्थिक अवस्था पनि अनुकुल नै रहने छ । बोली प्रभावकारी हुने छ । परिवारमा भने अशान्ति उत्पन्न हुने छ । 

धनु 
प्रहरी प्रशासनको फन्दामा पर्ने चुनौति रहने छ । आर्थिक नोक्सानी व्योहर्नु पर्ने छ । पेशागत जीवनमा अविश्वासको अवस्था आउने छ । यात्रामा अवरोध आउने छ भने झैझगडाको अवस्था भोग्नु पर्ने छ । रिस नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । प्रेममा धोका हुने छ । 

मकर 
आर्थिक व्यवस्थापन मिलाउन तनाव उत्पन्न हुने छ । कमाइका स्रोतहरुमा बाधा उत्पन्न हुने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । मनोबल कमजोर हुने र आत्तिने स्वाभाव हुने छ । जीवनसाथिको सल्लाह सहित अघि बढेमा राहत मिल्ने छ । 

कुम्भ 
राजनीतिक तथा सामाजिक रुपमा जीत हासिल हुने छ । समाजले उच्च मुल्यांकन गर्ने हुँदा उत्साह जाग्ने छ । पेशागत जीवनमा औसत खालको हुने छ । परिवारमा भने तनावको अवस्था आउने छ । स–साना विषयमा पनि झैझगडाको अवस्था आउने छ । 

मीन
सामाजिक हैसियतमा ह्वात्तै गिरावट आउने छ । झगडालु स्वाभाव हुने भएकाले स–साना विषयमा पनि द्वन्दात्मक अवस्थामा पुर्याउने छ । आर्थिक तनावको अवस्था आउने छ । स्वास्थ्यमा समस्या आउँदा दुःख पाइने छ । कुलतका वस्तुहरुबाट जोगिने प्रयास गर्नु होला । असल संगतमा जाने प्रयास गर्नु नै उपयुक्त होला ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement